एन आर एन जापानको उपाध्यक्ष पदमा महेश कुमार कटवालको उम्मेद्बारी घोषणा प्रवास समाचार June 17, 2021June 17, 2021 एन आर एन जापानको उपाध्यक्ष पदको लागि हाल एन आर एन जापानको सदस्य समेत रहनु भएका कान्साइ क्षेत्रका सफल ब्यबसायी तथा सामाजिक अभियानता महेश कुमार कटवालले उम्मेद्बारी दिने घोषणा गर्नु भएको छ ।उहाले आफ्नो फेसबूक मार्फत उम्मेद्बारी घोषणा गर्नु भएको हो ।उहाले गर्नु भएको उहाको फेस बुक बाट उहाको उम्मेद्बारी घोषणा जस्ताको तस्तै ; म महेश कुमार कटवाल संस्थाको शुरुवाती चरण देखि नै एनआरएन जापान कान्साइ क्षेत्रिय समितिको बिभिन्न तहको जिम्मेवारीको साथै बर्तमान राष्ट्रीय समन्वय समितिको केन्द्रीय सदस्य पदको जिम्मेवारि सम्हालि रहेको छु। यो सामाजिक अभियानमा म विशुद्ध सामाजिक भावनाले संथा स्थापनाकाल देखिनै आबद्ध रहेको र म मेरो सामाजिक कार्यलाई सेवाको भाबनाले अझै निरन्तरता दिने अठोटका साथ २०२१-२०२३ को कार्य समितिका लागि उपाध्यक्ष पदमा उम्मेद्बारी दिने निर्णय लिएको छु।बिगतका दिनहरुमा जस्तै यहाँ हरु सम्पुर्ण जापानबासी नेपाली हरुको साथ, सहयोग, आशिर्वाद र सुझावको लागी हार्दीक अनुरोध गर्दछु।