ओसाकामा पूर्णबहादुरको सारङ्गीको अर्को सो डिसेम्बर १२ मा गरिने मनोरञ्जन समाचार December 4, 2024 ओसका,जापान जापानको ओसाकामा प्रदर्शन गरिएको नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीलाई दर्शकले अत्याधिक मन पराएपछि आगामी डिसेम्बर महिनाको १२ तारिख पुनः अर्को सो गरिने भएको छ।डिसेम्बर २ मा प्रदर्शन गरिएको पहिलो शोको लागि दुई साताअघिनै टिकट बिक्र भईसकेको थियो । दर्शकको माया र सद्भावलाई ध्यानमा राखेर अर्को सो थप्न लागिएको ओसाकाकामा उक्त चलचित्र प्रदर्शनको जिम्मेवारी लिनुभएका सुबाश कंडेलले जानकारी दिनुभयो। ओसाकाको बेन्तेच्योमा प्रदर्शन भएको उक्त चलचित्र हेर्न कान्साइको विभिन्न क्षेत्रबाट दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो। ५०० जना भन्दा बढीको दर्शक उपस्थित रहेको उक्त हलमा `रैँया चादीको´गीत बज्दा सिंगो हल नै नाच्यो, फोटो र भिडियो खिच्नेको भिडनै जम्मा भएको थियो । नेपाल गएर हेरौँला भनेर सोचेकी थिएँ जापानमै यो फिल्म हेर्न पाएँ खुसी लाग्यो।जापान भ्रमणमा रहनुभएकी पिङ्गला कंडेल बताउनुभयो। सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।