डा.महाबिर पुन संग जापानको ओसाकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न प्रवास समाचार May 22, 2018 समृद्द रास्ट्रको लागि आफ्नो सर्बस्व यसमै लगानी गरि लागि पर्नु भएका रास्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन संग जापानको ओसाकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कान्साई वरपरको विभिन्न क्षेत्रमा आबद्द नेपालीहरुको सहभागिता रहेको थियो । डा.पुन ले आफ्नो सुरुवातिका दिनदेखि हालसम्मका गतिबिधि हरुमा प्रकाश पार्दै समृद्द रास्ट्रको लागि राष्ट्रिय आविष्कार केन्द्रको आबस्यकता र भूमिकाको बारेमा बुदागत रुपमा प्रस्ट पार्नु भएको थियो। झन्डै १ घण्टा ३० मिनटको आफ्नो भनाइ राखेपछि उपस्थित सहभागीहरुको प्रश्न लाइ उत्तर दिदै राष्ट्रिय आविष्कार केन्द्रको बारेमा अझै प्रस्ट पार्ने प्रयास गर्नु भएको थियो। आफ्नो भनाइलाई प्रस्ट पार्दै सम्रिद्द रास्ट्रको लागि कटिबद्द हरेक इच्छुक व्यक्तिले बिभिद तरिकाले सहयोग गर्न सकिने बताउदै बिचारको सहयोग, समयको सहयोग,आर्थिक सहयोग जहाँ बाट जसले जुन तरिकाको सहयोग गर्न सकिन्छ त्यसै अनुरुपू सहयोग गर्न इच्छा भएमा सकिने जानकारी गराउनुभयो।सहयोग गर्न इच्छुकहरुले आफुलाई सहयोग गर्न मन लागेमा कुनै पनि सहयोग व्यक्तिगत रुपमा नलिने र सम्पूर्ण सहयोग हरु राष्ट्रिय आविष्कार केन्द्रको खातामा प्रत्यक्ष जम्मा गराएर सहयोगी दाताहरुको नाम ठेगाना र सहयोग रकम समेत खुलाएर जानकारी गराउनु हुन अनुरोध गर्नु भएको छ।सम्पूर्ण सहयोगी दाताहरुको सहयोगको रास्ट्रीय आविष्कार केन्द्रले ब्यतिगत रुपमा स्पस्ट जानकारी राखेको र त्यसैगरी राख्दै जाने जानकारी गराउनु भयो। एन.आर.एन जापानको सल्लाहकार नरेन्द्र बस्नेत(दिनेश)ले संयोजन गर्नु भएको कार्यक्रम एन.आर.एन कान्साइको आयोजनामा सम्पन्न भएको थियो। संस्थाका कार्यबाहक संयोजक प्रेम कंडेल ले डा. पुन लाई फुलको गुच्छाले स्वागत गरेर सुरु गरिएको कार्यक्रममा प्राबिधिक तर्फ कृष्ण शर्मा गैरेको संयोजन र आवागमन ब्यबस्थापनमा महेस कटवालले सहजिकरण् गर्नु भएको थियो।कार्यक्रमा स्थलमा उपस्थित कतिपय व्यक्ति हरुले स्वतस्फुर्त सहयोग रकम बोलेर आयोजकलाइ दिनु भएको छ जसको जिम्मेवारी आयोजक संस्था एन.आर.एन कान्साइले लिएको छ। अन्तरक्रिया कार्यक्रममा भएको निष्कर्षले राष्ट्र निर्माणको महत्त्वपूर्ण योजनाहरु सहित लागेको राष्ट्रिय आविष्कार केन्द्रलाइ सहयोग गरेर समृद्ध रास्ट्र हाम्रै पालामा हेर्न चाहने र त्यसको लागि आर्थिक सहयोग गर्न इच्छुक हरुलाई मध्यनजर गर्दै कार्यक्रम स्थल बाट नै एन.आर.एन कान्साइले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आर्थिक संकलन समिति बनाएर मे २१ को मिति बाट सुरु गरि जुन २० सम्म एक महिनाको लागि सहयोग रकम संकलन गर्ने निर्णय गरेको छ । सहयोग संकलन समितिमा संयोजक प्रेम प्रसाद कंडेल र एन.आर.एन जापान सल्लाहाकार तुलसी राम खरेल र निबर्तमान सल्लाहकार आत्मराम शर्मा गैरे संरक्षक रहने गरि अन्य सम्पूर्णलाइ सहयोगीको रुपमा राख्दै अगाडी बढ्ने निर्णय गरेको छ। संकलित रकम एक मुस्ट हरेको व्यक्तिको आफ्नो आफ्नो सहयोग रकम खुलाएर जानकारी गराउदै त्यसको रेकर्ड राख्ने गरि रास्ट्रीय आविष्कार केन्द्रमा पठाइनेछ। सहयोग गर्न इच्छुक दाता हरुले आफ्नो स्वइच्छाले सहयोग गर्न चाहेमा एन.आर.एन कान्साइको निम्न खातामा जम्मा गरेर आफ्नो नाम फोन नम्बर र ठेगाना जानकारी गराउनु हुन जानकारी गराइन्छ। खाताको नाम:- एन.आर.एन कान्साई जापान पोस्ट बैंक खाता नम्बर:-१४१३०-०४०६४०३१ धेरै राष्ट्रिय तथा अन्तरास्ट्रिय अवार्डहरु बाट सम्मानित डा.महाबिर पुन यहि मे १७ तारिक‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशनसोसाईटी डे’को अवशरमा अन्तराष्ट्रीय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा नेपालमा कम्युनिकेशनको क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै ITU-Aj award द्दारा सम्मानित हुनु भएको छ।