You are here
Home > प्रवास > जापान नेपाली एकता समाज जापानको तिज कार्यक्रम सम्पन्न

जापान नेपाली एकता समाज जापानको तिज कार्यक्रम सम्पन्न

मेघराज रिष्मेली, जापान
२०१८-०९-१४ शुक्रबार
जापान नेपाली एकता समाज केन्द्रीय समिति क्षेत्रीय समिति ओसाकका र क्षेत्रीय समिति ह्योगो द्धारा आयोजना गरिएको तिज धमाका २०१८ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत बुधबार अर्थात सेप्टेम्बर १२ तारिख का दिन सिन ओसाकाको को को प्लाजामा सयौं दर्शकको उपस्थितिमा सम्पन्न भएको आयोजकले जानकारी दिएका छन ।

कार्यक्रममा जनवादी गायक लिला परियार को साथमा लोक दोहोरी गायक दुर्गेश कार्की , दिनेश के सि , दिपक के सि यम सापकोटा ले अा आफ्नो प्रस्तुति दिदा महिला दिदी बहिनी दाजुभाइ मज्जाले नाचेका थिए त्यसको बिच बिचमा नौमति बाजाले अझै रौनक थपेको थियो। कार्यक्रममा जापानको ओसाका (कान्साई) मा रहेका विभिन्न महिला समुहहरु थाकाचुकी समुहको नेतृत्व जया पौडेल , सुइता समुहको नेतृत्व खिमा सापकोटा र हिराकाता समुहको नेतृत्व मिना के सी गरि सामुहिक तिज गित र नृत्य प्रस्तुत गर्नुभएको थियो । बिच बिचमा रक्तिम अभियान जापानले रक्तिम गित र नृत्य पस्तुत गरेका थिए।

कार्यक्रम समाजसेवी तुल्सीराम खरेल , आत्मराम गैरे , राजु गैरे नरि कँडेल , हर्क थापा लगाएत बिभिन्न सँघ संस्था का प्रतिनिधिको उपस्थित रहेको थियो ।

कार्यक्रम माया के सीको अध्यक्षता भिम के सीको बिशिस्ट आथित्यता , एकता समाजका अध्यक्ष यमलाल सापकोटा को प्रमुख अाथियत्ता ,महिला नेतृ मिना के सी को स्वागत मन्तब्य महासचिव तेजेन्द्र क्षेत्री को सञ्चालन र साँस्कृतिक कार्यक्रम रक्तिम अभियान जापानका सँयोजक सचित्र के सी ले गर्नुभएको थियो ।

Leave a Reply

Top