You are here
Home > प्रवास > कान्साई नेपाली सोसाइटीले अक्टोबर १५ तारीक ओसाकामा बडा दशैको शुभकामना आदान प्रदान गर्ने

कान्साई नेपाली सोसाइटीले अक्टोबर १५ तारीक ओसाकामा बडा दशैको शुभकामना आदान प्रदान गर्ने

नेपालीहरूको माहान चाड बिजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा कान्साई नेपाली सोसाइटीले शुभकामना आदानप्रदान तथा रात्रिभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। जपानको कान्साई क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदीबहीनीहरु बिच बडा दशैको शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आउदो अक्टोबर १५ तारीकको दिन ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर होटल एण्ड रिसोर्टमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ ।
कान्साई नेपाली सोसाइटीको आयोजनामा आयोजित ऊक्त कार्यक्रममा शुभकामना आदानप्रदानको साथ साथै बिभीन्न सांस्कृतिक कार्यक्रमको पनी आयोजना गरिने जानकारी प्राप्त भएको छ।उक्त संस्थाले गत बर्ष पनि बिजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान गरेको थियो ।

विस्तृत जानकारी यस् प्रकार रहेको छ ।

आयोजक
कान्साई नेप्प्लीज सोसाईटी
स्थान : वाली टावर रिसोर्ट तेंनोजी
मिती :२०१८/१०/१५ सोमबार
समय :१८:०० बजे बाट
सुल्क : ४५०० येन
संपर्क: नरेश शाक्य 090-6599-0040
सुजन मैनाली 080-3113-9303
प्रकाश तुलाधर 080-8736-६३२७
यो कार्यक्रम होटेलमा हुने भयकोले RSVP
अर्थात् पहिले सिट कन्फर्म गर्नु पर्ने २०१८/१०/१० भित्र

Leave a Reply

Top