अनाडि ज्यामि साहित्य September 18, 2018 – विष्णु प्रसाद घिमिरे सानो,साँघुरो कोप्चेरो,उकालो ओरालो,भिरालो खाल्टा-खुल्टि हिलो,चुच्चे ढुंग्गा जुकै जुका सिस्नोघारी कस्तो बाटो यो ? कस्तो गोरेटो ? कस्तो घोरेटो ? कसरि चढ्ने ? कसरि ओर्लने ? चौतारि खोइ ? सुस्ताउने कता ? लड्न लागे समाउने के ? ठेस लागे के हुन्छ ? प्यास मेट्न कुवा खै? फेरी दोवाटो आयो देव्रे जाने कि दाहिने ? जताबाट गएपनि हुने हो ? साइनवोर्ड हाल्न पर्दैन ? कता बाट गए कता पुगिन्छ ? हिड्न सजिलो दाहिने तिर कि देव्रे ? जगंलि जनावरको डर कताबाट जाँदा छैन ? वास बस्ने ठाँउ छ कि छैन ? पाइखाना लागे के गर्ने ? सिस्नुघारि छले हिलो , हिलो छले सिस्नुघारि जुका उस्तै छन देखाउन नमिल्ने ठाँउमा जुका टाँसिए के गर्ने ? भोक लागे के खाने ? सवै सोचेर खन्नुपर्छ नि गोरेटो जता जता सजिलो लाग्यो त्यतै त्यतै खन्ने ?? मेरो शरिर मेरो पहिचान मेरो ब्यक्तित्व मेरो योजना मेरो भविष्य मेरो गन्तव्य भोलिको महत्वपूर्ण भेट पर्सिबाट कल्पिएको सपना सवै सवैमा पानि फालिदियो यो अनाडि ज्यामिले ।। हा..हा..हा..हा… तिमि ! को हौ तिमि ? तिम्रो पहिचान ? तिमि र तिम्रा सपना ! तिम्रो थकान र प्यास ! दोवाटो को दोधार !! तिमिले जसरि आफ्ना मात्र सपना बुनेको भए यो गोरेटो खनिन्थ्यो होला ? मेरा आफ्ना पनि त अलग्गै सपना थिए होलान् नि ! तिमि भित्रको डर आक्रोश बनेर ओकलियो के म मा जगंलि जनावरको भय थिएन होला ? कति साहस बटुलेर कोरियो होला यो गोरेटो को नक्शा ? चौतारि,कुवाको कुरा गर्छौं मलाइ प्यास,थकाइ लागेन होला ?? तिमि बटुवा मात्र बटुवा बनेंर सोच्यौ उफ्रियौ र गालि गर्यौ तिमि आफुलाइ म जस्तै ज्यामि सोचेनौं मेरा दु:ख,त्याग र लगानिको हिसाव गरेनौं आफ्नो सुख र सजिलोको मात्र सोच्यौ तिमिले खालि आफ्नो नाफाको मात्र हिसाव गर्यौ ।। चार कोष पर हैन कुनै अन्जान भुगोलमा हैन तिमि जन्मे हुर्केको खाइ खेलेको तिनै भिर पाखा तिर कतै माइल माइल पनि पर्दैन दुइ-चार हात गोरेटो कोरिदेउ साँघुरो,ओरालो,भिरालो ठाडो,तेर्सो जस्तो भएपनि हुन्छ कुवा,चौतारि बनाइरहनु पर्दैन त्यस दिन म तिमिलाइ स्यालुट मार्नेछु सायद तिमि हतारिदैं मेरा हात रोकेर तन्किइ तन्किइ स्यालुट मार्नेछौ यो अनाडि ज्यामिलाइ ।। – रचनाकार अनेसास एसियाका सचिव हुनुहुन्छ