You are here
Home > खुसी बाँडे खुसी बढ्छ > जापान आउदै गर्नु भएका साथीहरुको लागि सुदिप लम्सालको सुझाब

जापान आउदै गर्नु भएका साथीहरुको लागि सुदिप लम्सालको सुझाब

दीप्श्री अन्लाईन ,कान्साइ ,जापान
जापानमा पहिलो पटक आउने हरुका लागि भाषा लगाएत बिभिन्न कारणले अप्ठ्यारो परी रहेको हुनसक्छ।कहिलेकाहीँ जानकारीको अभाबमा पनि जापान प्रवेश गरिसकेपछी गर्नै पर्ने काम पनि छुटेका हुन सक्छन ।जपन प्रवेश गरेपछी गर्नै पर्ने केही कुराहरुका बारेमा सुदिप लम्सालले आफ्नो फेसबूकमा राख्नु भएको जानकारी यहाँ जस्ताको तस्तै समावेस गरेका छौ ।

यो सबै काम गरिसके पछि मात्र जापानमा पार्ट टाइम काम गर्न सक्नु हुनेछ
※सहजताको लागि लिंक राखिदेको छु हेर्नु होला

१. आफु बसेको ठेगाना दर्ता गर्नु: जापान आइसकेपछिको मुख्य काम भनेको आफु बसेको ठेगाना दर्ता गर्नु हो। Qurantine सकेपछि जति सक्दो छिट्टो यो काम गर्नु पर्ने हुन्छ। यो काममा स्कुलले सहयोग गर्ने गरेको पाइन्छ। यदि स्कुलले सहयोग नगरेको खण्डमा नजिकैको सिनियरको साथ लिदा भाषामा सहज हुन जान्छ। जापान आको १४ दिन भित्र दर्ता गर्नु पर्ने मान्यता रहेको छ।
https://www.japanlivingguide.net/living-in-japan/government/register-address-japan/?fbclid=IwAR1foa64ksQ0Dheue-H7mAMwJL90MkWmzdxdoRKnwwqpmsrYbb8Mm17K-1o#:~:text=To%20change%20your%20address%20you,Card%20and%20My%20Number%20Notification

२. insurance कार्ड बनाउनु : ठेगाना दर्ता गर्न गएकै दिन insurance कार्डको लागि दर्ता दिन सकिन्छ। केहि दिन पछि यो कार्ड हुलाक मार्फत बसेको ठेगानामा आउछ।
http://www.ritsumei.ac.jp/international/intl_students/life_info/insurance/?fbclid=IwAR03fuyy5DQAQsZF3xuZCn3dlkHNrhEsB5zotGCtEpLGP-NuGYqDnGU2sa4

३. बिधार्थी परिचय पत्र बनाउनु : तपाईको स्कुलले सकेसम्म छिट्टो यो परिचय पत्र उपलब्ध गराउने गर्दछ। यति समय लागेमा बनाइदिन अनुरोध गर्नु होला।

४. जाइरो कार्डमा २८ Hour कामको लागि अनुमति छाप : यो जापानमा काम गर्नको लागि नभई नहुने अनुमति छाप हो। पहिला पहिला एयरपोर्टमै छाप लगाउने गरेको भएपनि हाल एयरपोर्टमा छाप धेरैको नलाइदिने गरेको पाइन्छ। धेरै जस्तो स्कुलले गरिदिने गरेको पाइछ नगरिदिएको खण्डमा स्वयम् आफुनै नजिकैको इमिग्रेशन गएर आबेदन दिनु पर्ने हुन्छ। इमिग्रेशन अनुसार कुनैले गएकै दिन छाप हनिदिने गर्छ भने कुनैले २ हप्ता सम्म समय लगाको पाइन्छ।
https://www.moj.go.jp/isa/applications/guide/nyuukokukanri07_00045?fbclid=IwAR0K6ba3xLmI1RbcMZAC6iVBIic056RNXohwlzcbzwU2yN3TBhT0E08t5zM

५. हानको बनाउनु : जापानमा official कामको लागि हस्ताक्षर(signature ) सट्टामा हानको प्रयोग गर्ने गर्छन। यो नजिकै हानको बनाउने ठाउमा गएर बनाउन सकिन्छ। हानको बनाउदा तपाईको नाम अथवा थर प्रयोग गर्न सक्नु हुनेछ।
https://www.google.com/search?q=%E3%83%8F%E3%83%B3%E3%82%B3%E4%B8%80%E8%A6%A7&sxsrf=APq-WBvV9HCnBHm0SmjcSbr29GmbOOwKpg:1650788848434&source=lnms&tbm=isch&sa=X&ved=2ahUKEwjDwKPXo6z3AhWMAogKHUyJDYQQ_AUoAXoECAEQAw&biw=1504&bih=860&dpr=1.५

६. बैक अकाउन्ट बनाउनु : जापानमा कामको लागि बैक अकाउन्ट बनाउनु पर्ने हुन्छ। धेरै स्कुलहरुले आफैले बैंक अकाउन्ट बनाइदिने गरेको पाइन्छ। यदि आफैके बनाउनु परेमा बैंक अकाउन्ट बनाउन जादा थोरै भएपनि भाषाको जानकारी हुन् जरुरि हुन्छ। बैंकको मान्छेले सोधेको प्रश्नको उत्तर दिन नसकेको खण्डमा बैंक अकाउन्ट बनाउन अस्विकार गर्न पनि सक्छ।
जापानमा धेरै बैंकहरुले जापान आको ६ महिना पछि मात्र अकाउन्ट बनाउन मिल्ने नियम बनाएको पाइन्छ। सबै बन्द सजिलै बैंक अकाउन्ट बनाउन मिल्ने भनेको JP बैंक हो।
https://www.kato-co.jp/blog/2021/05/31/%E5%A4%96%E5%9B%BD%E4%BA%BA%E3%81%AE%E9%8A%80%E8%A1%8C%E5%8F%A3%E5%BA%A7%E9%96%8B%E8%A8%AD%E6%96%B9%E6%B3%95%E3%83%BB%E5%BF%85%E8%A6%81%E6%9B%B8%E9%A1%9E%E3%83%BB%E5%A4%96%E5%9B%BD%E4%BA%BA%E3%81%AB/

७ . मोबाइल नम्बर : नेपाल जस्तो जापानमा सजिलै मोबाइल नम्बर निकाल्न सकिदैन। मोबाइल नम्बर निकाल्न बैंक अकाउन्ट, जाइरो कार्ड, पासपोर्ट जस्ता डकुमेन्टहरु चाहिने गर्छ। काममा फोन नम्बर अनिवार्य रुपमा बुझाउनु पर्छ। जापानमा धेरै मोबाइल सेवा प्रदान गर्ने कम्पनिहरु छन्। जानकारीको लागि तलको लिंक खोल्नु होला।
https://nipponshigoto.com/navi/21116/

Leave a Reply

Top