You are here
Home > प्रवास > एनआरएनए जापानको विवाद समाधान गर्न क्षेत्रीय समितिले प्रस्ताब गरेको चार बुदामा के थियो ?

एनआरएनए जापानको विवाद समाधान गर्न क्षेत्रीय समितिले प्रस्ताब गरेको चार बुदामा के थियो ?

एनआरएनए जापानको विवादले उग्ररूप लिदै जान थालेपछि बिवद समाधान गर्न क्षेत्रीय समितीहरुले गरेको प्रस्ताबमा सहमती हुन नसकेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

कान्साइ क्षेत्रीय समितिका संयोजक दिलिप शर्माले १२ वटै क्षेत्रीय समितिका संयोजकहरूको संयुक्त अनलाईन बैठकले वर्तमान एनआरएनए जापानको विवाद,यसले ल्याएको समस्या र समाधानका लागि “तपाई हाम्रो चिन्ता ,चासो र जागरण गिजोलीएको एनआरएनए जापानको सफल अवतरण “ भन्ने नारालाई आत्मसात गराउन शिवप्रसाद पौडेल नेतृत्वको समूह र अनिता गुरुङ नेतृत्वको समूहका बिचमा सम्झौताका लागि मिलनविन्दु बन्न सक्ने चार बुंदामा केन्द्रित रहेर छलफल गराइएपनि सफल हुन नसकेक़ो बताउनु भयो।

छलफल गराइएका ४ बुदामा एनआरएनए जापानको चुनावसंग रहेर अहिले सम्म दुवै पक्षबाट जे-जति कमि-कम्जोरीहरू भए त्यसको लागि सबैले आ-आफन्नो ठाउबाट आत्मआलोचना सहित एक ढिक्का भएर अगाडी बढ्दै एनआरएनए जापानको धमिलिएको छविलाई सुधार्नका लागि सबैले प्रयत्न गर्ने,१७०० ईमेल परिवर्तन गर्ने कुरा नै सबैभन्दा ठूलो विवाद निम्त्याउने कडि भएको हुदा र हालसम्म १७०० ईमेल परिवर्तन गर्ने दोषि पत्ता नलागेको अवस्थामा दोषी पत्ता लगाई कार्वाहि गर्ने गरि छानबिन समिति गठन गरि अगाडी बढ्ने, दोषी पत्ता नलागेसम्म जापानबाट जाने कुनै पनि आईसिसि प्रतिनिधीलाई जापानवासीले भोट नदिने उद्धघोष गरि सार्वजनीक रूपमा एनआरएनए जापान तथा क्षेत्रीय समितिको संयुक्त विज्ञप्ति मार्फत सबैलाई जानकारी गराउने र एनआरएनए जापानको आगामि निर्वाचन कुन विधी र पद्धतीबाट गर्दा निष्पक्ष रूपमा सम्पन्न गर्न सकिन्छ त्यो विषयमा गम्भिर भएर क्षेत्रीय समिति ,उप-विजेता तथा वर्तमान कार्यसमितिबाट एउटा समिति तयार गरि गृहकार्यलाई अगाडी बढाउने र आएको निष्कर्षलाई लागु गर्ने रहेका संयोजक शर्माले बताउनु भयो ।

कार्यतालिका नै तय गरेर गरिएको छलफल सकारात्मक रूपमा भै निष्कर्षमा पुग्न लागेको समयमा अनिता गुरुङ नेतृत्वको समूहले चौथो बुंदा हालका लागि आवश्यक नरहेको बताएपछि निष्कर्ष निस्कन नसकेपनि प्रयत्न जारी रहेको शर्माले बताउनु भयो ।

यता अनिता गुरुङ नेतृत्वको समूहले क्षेत्रीय समितिले यसपूर्व नै पौडेल नेतृत्वको समूहलाई सहयोग र समर्थन गर्ने गरि विज्ञप्ति निकाल्दै आइरहेको र पछिल्लो पहलपनि सोही समूहलाई चोख्याउने नियतका साथ गरिएकोले दोहोरो चरित्र प्रस्तुत नगर्न आग्रह गरेको छ । भने पौडेल नेतृत्वको समूहले गरेको पहललाई सकारात्मक रूपमा लिदै छलफलमा भएका सहमति पालना गर्न आफूहरू इमानदार रहेको बताएको छ ।

Leave a Reply

Top