You are here
Home > प्रवास > हाम्रो दृष्टि राम्रो दृष्टि जापानले ओसाकामा आयोजना गर्न लागेको साङ्गीतिक कार्यक्रमको तयारी तिब्र

हाम्रो दृष्टि राम्रो दृष्टि जापानले ओसाकामा आयोजना गर्न लागेको साङ्गीतिक कार्यक्रमको तयारी तिब्र

ओसाका ,जापान
सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो दृष्टि राम्रो दृष्टि जापानले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर जापानको ओसाकामा आयोजना गर्न लागेको दोश्रो सांगीतिक कार्यक्रम २०२५ को तयारी तीव्र पारेको बताएको छ।

नेपाली कला,संस्कृतिलाई बिश्व सामु चिनाउनुका साथै अनाथ बालबालिका सहयोगार्थ अंग्रेजी नयाँ बर्ष २०२५ को पावन अवसर पारेर जनवरी १ तारिक BALI TOWER TENNOJI OSAKA मा कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा बरिष्ठ उपाध्यक्ष विवेक कंडेलले जानकारी दिनुभयो ।कार्यक्रममा चर्चित कलाकारहरू देवी घर्ती,कुलवीर थापा,विष्णु खत्री तथा अर्जुन सापकोटा लगायतका कलाकारहरूको उपस्थिति रहनेछ।

स्थापना कालदेखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको संस्थाले आयोजना गर्न लागेको साङ्गीतिक कार्यक्रममा उपस्थितिका लागि जापानमा रहनुभएका सम्पुर्ण बुवाआमा,दिदीबहिनी तथा दाजुभाइ हरुमा हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply

Top