२०२५ एप्रिल २६ र २७ जापानको ओसाकामा “प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५” हुने प्रवास मनोरञ्जन समाचार December 23, 2024December 23, 2024 ओसाका,जापान गैर-आवसीय नेपाली संघ जापान क्षेत्रीय समिति कान्साईको मिति २०२४-१२-११ र १६ तारीखका दिन संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त रुपमा बसेको बैठकबाट मिति २०२५ एप्रिल २६ र २७ को दिन नेपालको कला-संस्कृति भेषभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पूर्याउने उद्देश्य अनुरूप ऐतिहासिक “प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५” गर्ने निर्णय गरिएको छ। फेस्टिवललाई भब्य र सभ्यरुपमा सफल पार्न एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरे मूल आयोजक समिति संयोजक र एनआरएनए जापान विशेषज्ञ समिति सदस्य नरेन्द्र कुमार बस्नेत ‘दिनेश’ व्यवस्थापन समितिको संयोजक रहने गरी मूल आयोजक समिति चयन गरिएको छ भने तुल्सीराम खरेल,आत्माराम शर्मा, हरि प्रसाद कंडेल,दिलिप कंडेल,बिष्णु सापकोटा सदस्य -सचिब, महेश कुमार कटवाल, टिकाराम कंडेल, टि आर गौडेल र भिम काउचा सचिवालय समितिमा रहने छन।एनआरएनए जापान कान्साई क्षेत्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य एवं यस क्षेत्रीय समितिका संरक्षक र सल्लाहकारहरु मूल आयोजक समितिका सदस्य रहने छन। त्यस्तै, कान्साईमा सक्रिय सम्पूर्ण सामाजिक तथा राजनीतिक संस्थाका प्रमुख मूल आयोजक समितिको सदस्य र प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५ का लागि सह-आयोजक रहने बैठकमा छलफल भएअनुरुप सम्पूर्ण सामाजिक तथा राजनीतिक संस्थाका प्रमुखज्यूहरू समेट्दै एनआरएनए कान्साइले सामुहिक बैठकको तयारी गरिरहेको र सोही बैठकबाट सम्पूर्णको विचारको सम्मान गर्दै अपनत्त्व हुने गरी थप छलफल सहित अगाडी बढ्ने निर्णय गरिएको एन आर एन कान्साइले जानकारी दिएको छ। त्यसैगरी आर्थिक समितिको संयोजकमा तुलसी राम खरेल खरेल, उपसंयोजक आत्माराम शर्मा गैरे,सदस्य लक्ष्मण गैरे सहित अन्य आवस्यकता अनुरुप थप गर्ने गरी आर्थिक समिति गठन गरिएको छ। प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५ लाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आवस्यक अन्य बिभागहरु पनि सम्पूर्णको बिचारको आत्मसम्मान गर्दै सोही अनुरुप विस्तार गर्दै अगाडी बढ्ने निर्णय भएको छ। क्योबाशी स्टेसन नजिकै रहेको ‘फुलाली क्योबाशी (FULALI KYOBASHI) मा हुने दुई दिने प्रथम नेपाल फेस्टिभलमा धेरै भन्दा धेरै नेपालीको साथमा जापानी समुदायको समेत बृहत्तर उपस्थिति हुने गरि भब्य र सभ्य रुपमा सफल पार्न सम्पूर्ण बुवा-आमा, दाजु-भाई तथा दिदी-बहिनीहरुलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।