You are here
Home > प्रवास > सफल ब्यवसायको लागि सचेत हुने बेला आएको छ

सफल ब्यवसायको लागि सचेत हुने बेला आएको छ

-धन प्रसाद सापकोटा,ओसाका

नेपालीहरु अहिले संसारको बिभीन्न देशमा रोजगारी तथा अध्ययनको सिलसिलामा गइरहेका छन । जापानमा पनि नेपालीको संख्या धेरै नै छ । तर अरु देशमा भन्दा जापानमा आफ्नै व्यवसाय गर्ने हरुको संख्या उल्यख्य छ । जुन एउटा नेपालीको लागि गौरवको विषय हो । लगभग प्रत्येक रेल स्टेशनमा अझ भनौ गल्ली गल्लीमा प्राय नेपाली रेष्टुरेन्ट देख्न पाइन्छ । अहिले अरु पनि नयाँ नयाँ व्यवसायहरु सुरु हुदै छन ।तर यती भन्दैमा हामीहरुले सन्तोष गरीहाल्ने ठाँउ भने छैन। किनकी अहिले प्राय जसो व्यवसाय अत्यन्तै दयनीय अबस्थामा चलिरहेका छन ।यसका प्रमुख कारणहरु हामी आफै हौ । यस्तो संभावना भएको देशमा भएर पनि हाम्रै कमजोरीको कारण यो अवस्था अाएको हो।

अझ भन्नु पर्दा हामी कच्चा व्यपारी हौ । यसो भन्दै गर्दा अपवाद वाहेक धेरै जसो व्यपारीहरु लहड र देखासिकीको भरमा भएका छन । हामीमा प्रयाप्त ज्ञान छैन । न त अध्ययन गरिएको छ, न त पुर्खैली पेशा नै पर्यो । जापान आएपछी तुरुन्तै मालिक बन्ने इच्छा भएकोले यस्तो अवस्था आएको हो ।जापान थोरै पुंजीमा व्यबसायी वन्नको लागी उर्बर देश हो । सुरुको दुइ बर्ष कर छुट,व्यवसायको योजना धितो राखी सरल कर्जा थोरै ब्याज दरमा उपलव्ध गराउनु यसका उदाहरण हुन ।अझै यहाँका मानिसको सहयो भाबना पनि एक हो। प्रतिस्पर्धी लाइ पनि राज्यको करदाताको दृष्टीले हेर्नुले पनि केही भुमिका खेल्छ जस्तो लाग्छ ।
तर हामीहरु दक्षताको कमी,चाहीने भन्दा बढी देखासिकी,इर्ष्या आदिले गर्दा यती ठुलो लगानी लाइ जोखिममा पारीरहेका छौ। कसैको रेष्टुरेन्ट राम्रो चलेको देखेमा सके अाफै नत्र कोही आफन्त साथी भाइ लाइ उक्सायर नजीकमा खोल्न लगाउने सके आफु पनि सप्रने नभए पहिले भएको लाइ पनि विगार्नेमा दिमाख लगाउछौ । त्यस्तै कसैले नयाँ व्यवसाय गरेर सफल हुन लागेको देखेमा पनि सके आफुले पनि गर्ने नभए विगार्ने तिरै जान्छौ ।
यसलाइ अस्वस्थ प्रतिस्पर्धा भन्दा फरक नपर्ला। जसको कारणले गर्द पनि नेपालीको लगानी जोखीममा छ ।
हामीहरु आफ्नो बाटो बनाउने क्षमता हुदा हुदै पनी अल्छी गर्छौ । अरुले बनाएको बाटोमा हिड्न शुरक्षित महसूस गर्छौ ।जसले गर्दा क्षमता हुदा हुदै पनि सफल हुन सक्दैनौ ।व्यवसायमा रचनात्मकताले अहम भुमिका खेल्छ। योजना वनाउने,पहिचान गर्ने,क्षमता विकास गर्ने र त्यसपछी अगाडी वढ्ने गरेमा जोखिम कम हुन्छ ।त्यसैले अव हामीहरु सचेत बन्नु अावस्यक भईसकेको छ।आब ब्यवसायीक दक्षताको बिकाश अपरिहार्य छ।इर्ष्या रिस त्यागेर अनुभवीहरुको सल्लाहमा सवै मिलेर नयाँ नयाँ व्यबसायीक अायाम हरुको पहिचान गरी,संस्थाहरुले पनि समन्वय गरेर अगाडी वढ्ने हो भने पक्कै पनि धेरै जोखिममा रहेका व्यवसाय लाइ राहत मिल्न सक्छ ।

Leave a Reply

Top