You are here
Home > प्रवास > कान्साइमा भब्य भयो नेपाल भ्रमण वर्ष २०२० को सुरुवात

कान्साइमा भब्य भयो नेपाल भ्रमण वर्ष २०२० को सुरुवात

दीपा कडेल
२० पुस, ओसाका

एन आर एन जापान कान्साइ क्षेत्रीय समितिले नेपाल भ्रमण वर्ष २०२० को सुरुवात भब्य रुपमा गरेको छ।नेपाल सरकारले २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन सुरु गरेकै दिन जनावरी १ तारिक ओसाका स्थिति उमेदामा रहेको होटल हिल्टनमा एक भब्य समारोहका बिच एन आर एन कान्साइले नेपाल भ्रमण वर्षको शुरुवात गरेको हो ।

पाँच सय जाना भन्दा बढी नेपालीको सहभागीता रहेको उक्त समाहरोहमा उपस्थित जापानी हरुलाई नेपाली टोपी,नेपाली ढाकाको खादा तथा नेपाल भ्रमण वर्षको लोगो सहितको ब्याच प्रदान गर्दै  नेपाल भ्रमण बर्षको निम्तो गरिएको थियो। एन आर एन जापानका सल्लाहकार नरेन्द्र बस्नेतले सहजीकरण गर्नु भएको उक्त समारोहमा एन आर एन ए आइसिसी सदस्य तुलसीराम खरेल प्रमुख अतिथी तथा एन आर एन जापानका सल्लाहकार आत्माराम शर्मा गैरे विशेष अतिथी रहनु भएको थियो।

एन आर एन कान्साइका संयोजक कृष्ण शर्मा गैरेको सभापतीत्व सम्पन्न सो समारोहलाई आर एन कान्साइका उप संयोजक दिलिप शर्माले संयोजन गर्नुभएको थियो।सो अबसरमा शुभकामना आदान प्रदान सहितको भब्य सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो।कार्यक्रममा एन आर एन जापानका सदस्यहरु महेश कटुवाल र शिबु थापा लगाएत कान्साइमा रहेका अधिकांश संस्थाका प्रतिनिधिहरुको उपस्थिती तहेको थियो।

Leave a Reply

Top