नेपालको शिक्षा, स्वास्थ्य र खेलको क्षेत्रमा योगदान गर्नुहुने जापानी नागरिक लाई एन आर एन कान्साइको सम्मान प्रवास समाचार January 8, 2020 दीपा कडेल २३ पुस, ओसाका तीन दशक भन्दा लामो समय देखी नेपालको शिक्षा स्वास्थ्य र खेलकुद क्षेत्रमा निस्वार्थ सहयोग गर्नुहुने जापानी नागरिक किन्जो यामासिता र दुई दशक अघिदेखी नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्दै आउनु भएका जापानी नागरिक कोबायासी योहेइलाई उहाँहरूको कामको उच्च मूल्याङ्कन गर्दै एन आर एन कान्साइले ओसाकामा आयोजित एक कार्यक्रमका बिच सम्मान गरेको छ।एन आर एन कान्साइले अंग्रेजी नयाँ बर्षको अबसर पारेर २०२० जनावरी १ तारिकका दिन आयोजना गरेको शुभकामना आदान प्रदान सहितको सांगीतिक कार्यक्रममा उहाहरुलाई सम्मान पत्र सहित खादा तथा नेपाली ढाका टोपीले सम्मान गरेको हो। किन्जो यामशिताले भोलान्टियरको योजना १९८८ मा तोकुस्यु काइ नोजाकी हस्पिटल बाट शुरु गरि नोजाकी नेपारू काइ नामक ग्रुप मार्फत १९८९ मा पहिलोपटक नेपाल गएर नेपालको पोखरा,मार्फा र मुस्ताङ्गका केहि बिद्यालय र अस्पतालको भ्रमण गरि फर्के पश्चात हाल सम्म बर्षमा २,३ पटक नेपाल को भ्रमण गर्दै हाल सम्म ७२ पटक नेपाल भ्रमण गरि निरन्तर नेपालको शिक्षा क्षेत्र अन्तर्गत छात्रवृत्ति प्रदान,शैक्षिक सामाग्री सहयोग लगायत खेलकुद र स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्दै आउनु भएको छ। अर्का जापानी नागरिक योहेइ कोबायासीले आज भन्दा २० बर्ष अगाडी बिश्वबिध्यालय बिद्यार्थी रहदा पहिलो पटक नेपालको पोखरा गएर घुमे पछि नेपाल र नेपाली हरुको मायाले नेपाल जाने क्रममा जापानको अत्यन्तै चर्चित खेल याक्यू अर्थात् बेसबल नेपाल मा नभएको ले यसको प्रबर्धन नेपालमा गर्नु पर्छ भन्ने उद्देश्यका साथ एन पी ओ होउजिन लालीगुराँस नामक क्लबको स्थापना गरि निरन्तर यस मार्फत नेपालको खेलकुद क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आउनु भएको छ।लालीगुराँस क्लब को २००४ मा अध्यक्ष भएदेखि २००६ मा कोच को रुपमा एक बर्ष नेपाल बसेर बेसबल सिकाउदै२०१३ मा भएको Bfa West Asia Baseball Cup मा नेपालको तर्फा बाट फिल्ड मेनेजरको रुपमा भूमिका निर्बाह गरि २०१५ मा नेपालमा गएको विनासकारी भुकम्पको बेला पनि नेपाल र नेपाली को लागि अत्यधिक सहयोग गर्दै निरन्तर नेपालको खेलकुद क्षेत्रको प्रबर्धनमा सकृय छन।कोबायासीको नेतृत्वको लालीगुराँस क्लबले नेपालको खेलकुद लगायतको क्षेत्रमा गरेको सहयोग को कदर गर्दै जापान सरकारको खेलकुद मन्त्रालय बाट २०१७ मा प्रसंशा पत्र पनि प्राप्त गरेको थियो। २०१९ को डिसेम्बर मा लालीगुराँस क्लबको अध्यक्ष बाट राजिनामा दिएर हाल सल्लाहकारको रुपमा निरन्तर सहयोग गर्दै आइरहेका छन्। कार्यक्रम संस्थाका संयोजक कृष्ण गैरेको सभापतित्वमा संचालन भएको थियो। तुल्सीराम खेरल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम एन आर एन जापानका सल्लाहकारहरु आत्माराम गैरे र नरेन्द्र बस्नेत दिनेश बिशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा एन आर एन जापानका सदस्यहरु महेश कटुवाल र शिबु थापा लगाएत कान्साइमा रहेका अधिकांश संस्थाका प्रतिनिधिहरुको उपस्थिती तहेको थियो।संस्थाका सचिव धन प्रसाद सापकोटाले सँचालन गर्नु भएको औपचारिक सत्रमा संस्थाका उपसंयोजक दिलिप शर्मा गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो।सोही अबसर पारेर नेपालको खेल क्षेत्रमा योगदान दिनुहुने खेलाडीहरु ईश्वर थापा र अबिरल घिमिरेलाई मातृभूमि सेवा सम्मान प्रदान गरिएको थियो।