You are here
Home > प्रवास > एनआरएनए कान्साईले ओसाकामा निःशुल्क कानुनी परामर्शको आयोजना गर्ने

एनआरएनए कान्साईले ओसाकामा निःशुल्क कानुनी परामर्शको आयोजना गर्ने

५ माघ, ओसाका । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्साई क्षेत्रिय समितिले जापानको ओसाकामा नेपालीहरुका लागि भिषा लगाएत अन्य कानुनी विषयमा निःशुल्क परामर्श दिने भएको छ ।

फेब्रअरी १२ तातिकमा गरिन लागिएको उक्त परामर्श कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पारिदिनुहुन कान्साईबासी नेपालीहरुलाई एनआरएनए कान्साई परिवारले अनुरोध गरेको छ ।

उक्त परामर्श दिनेबारे जानकारी दिँदै समितिले लेखेको छ
‘हामी विदेशी भूमिमा छौ । फरक भेष, फरक परिवेश,फरक भाषा,संस्कार संस्कृति अनि फरक नियम कानुन भएकाले कतिपय समयमा हामीलाई विविध समस्या तथा दुविधाहरूको सामना गर्नु पर्ने हुन सक्छ । कतिपय सामान्य नियम कानुनको विषयमा यथेष्ट जानकारी नहुँदा हामीलाई विदेशको ठाउमा जिवन यापन गर्ने क्रममा कठिनाईहरूको सामना गर्नुपर्ने अवस्था सृजना हुन सक्छ ।

यथेष्ट सूचना अभावका कारण हामीले पाउने सेवा सुविधाबाट हामी वञ्चित हुन नपरोस् र तपाई हाम्रो विदेशको बसाई सरल, सहज र सफलदायि बनोस् भन्ने उद्देश्यका साथ एनआरएनए कान्साईले यहि मिती २०२०-२-१२ मा निःशुल्क भिषा तथा अन्य थुप्रै विषयमा परामर्श सेमिनारको आयोजना गर्ने भएकोले यसबाट लाभलिनुहुनका लागि र सेमिनारलाई सफल पारिदिनुहुनका लागि सम्पूर्ण कान्साईवासीहरूमा विनम्र अनुरोध गर्दछौ ।’

Leave a Reply

Top