You are here
Home > समाचार > ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

७ असार,काठमाडौं । सुर्खेतको लेकबेशि नगरपालिका–४ सहिदचोकमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सुर्खेतकै लेकबेशि नगरपालिका–४ का २९ वर्षीय याम बहादुर परियारको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका परियारको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै ट्याक्टरमा सवार २८ वर्षीय दिपक बराईली घाइते भएका थिए । उनको सोही अस्पतालमा उपचार भैरहेको छ ।
ट्याक्टर सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लेकबेशीले जानकारी दिएको छ ।

Leave a Reply

Top