You are here
Home > खुसी बाँडे खुसी बढ्छ > पृथक रहयो कान्साईमा नेपाली नया बर्ष

पृथक रहयो कान्साईमा नेपाली नया बर्ष

न कुनै प्रचार न कुनै ब्यानर न कुनै तडक भडक ,हजुर यसरि सम्पन्न भयो नेपाली नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रम ओसाकामा। पछिल्लो समय बढदै गएको नेपाली समाज र संघ संस्थामा मौलाउदो बिकृती लाइ कडा प्रहार गर्दै कान्साईको ओशाकामा नेपाली नया बर्ष २०७९ कान्साई नेपाली सोसाइटी को आयोजनामा भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रममा न कुनै प्रमुख अतिथी न अतिथी हरुको चाङ न त पट्यार लाग्दो भाषण न कुनै मतभेद उपस्थित सबै प्रमुख अतिथी,अतिथी सम्पूर्ण समान भुमिकामा एकत्रित भएर जापानी समुदायको पनि उपस्थिती सहित बाली टावर होटल तेन्नोजी मा नेपाली नया बर्ष शुभकामना आदन प्रदान को साथमा नेपाली र जापानीज कलाकार हरुको साङगितिक प्रस्तुति सहित सम्पन्न भएको छ। आयोजकले तय गरेको निश्चित समयमा कार्यक्रम शुरु गरि कार्यक्रमको बारेमा १ मिनेट मा आयोजकले प्रकाश पार्दै खान्पाइ गरि कार्यक्रमको शुरुवात गरिएको थियो।उपस्थित जापानिज तथा नेपाली हरुलाइ नेपाली नया बर्षको बिषयमा जानकारिको साथ शुभकामना दिदै खान्पाइ सहित कार्यक्रमको शुरुवात कान्साई नेपाली सोसाइटिका संस्थापक मध्येका एक दिनेश श्रेष्ठ ले गर्नु भएको थियो।

भाषण,बिभिन्न खालको सम्बोधन ,आशन ग्रहण बाट पर रहेर आयोजना गरिएको कार्यक्रम नितान्त पारिवारिक,मनोरञ्जनपुर्ण र जापानी र नेपाली समुदायको आत्मियता साटासाट गर्ने थलो को रूपमा देखिएको थियो। कार्यक्रमको आकर्षणको रुपमा राम महर्जन को बासुरि बादन,नेपाली समुदायमा सुन्दरी मिका को नामले चर्चित जापानिज गायिकाले नेपाली गित गाउनु भएको थियो भने “ओशामा” नामक जापानिज ब्यान्ड को एकल सांगितीक प्रस्तुतिको साथमा नेपाली कलाकारको नृत्य प्रस्तुत भएको थियो।

सांगितिक माहोल र लोभलाग्दो नृत्यले नेपाली र उपस्थित जापानिज हरुलाइ नाच्न जागृत गराएको थियो। कोरोना कहरको लहर केही कम हुदै गएपनि जापान सरकारले लागु गरेको नियमको परिधि भित्र रहेर कार्यक्रम आयोजना गरिएको संयोजक सुजन मैनाली ले जानकारि गराउनु भयो।

Leave a Reply

Top