दिपक भण्डारीको संयोजकत्वमा ११ सदस्यीय धादिंग समाज जापान कान्साई क्षेत्रको प्रथम अधिवेसन सम्पन्न प्रवास April 17, 2022April 17, 2022 धादिंग स्थायी घर भई कान्साई क्षेत्रमा विभिन्न पेसा, ब्यबसाय र अध्ययनको शिलशिलामा रहनु हुने सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई समेटी दिपक भण्डारीको संयोजकत्वमा ११ सदस्यीय धादिंग समाज जापान कान्साई क्षेत्रको प्रथम अधिवेसन सम्पन्न भएको छ।कार्यक्रम धादिंग समाज जापानका अध्यक्ष दिनेश लोहनीको सभापतित्वमा सम्पन्न भएको हो।प्रमुख अतिथि एन आर एन ए जापानका उपाध्यक्ष महेश कुमार कटवाल र विशिष्ट अतिथि एन आर एन ए का निबर्तमान ICC सदस्य तुलसीराम खरेल रहनु भएको कार्यक्रममा एन आर एन ए जापानका निबर्तमान सल्लाहाकार नरेन्द्र कुमार बस्नेत, एन आर एन ए जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे, एन आर एन ए कान्साईका संयोजक दिलिप शर्मा गैरे एबं कान्साई क्षेत्रमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधित्व गर्नु हुने अतिथिहरु बाट कार्यक्रम सफलताको शुभकामना र आगामी दिनमा पनि धादिंग समाज जापान कान्साई क्षेत्र संग सहकार्य गर्दै आफु र आफ्नो संस्थाको तर्फ बाट सक्दो सहयोग रहने प्रतिबद्दता जनाउनु भएको थियो। धादिंग समाज जापानका बरिष्ट उपाध्यक्ष श्यामहरी तिमसिनाले स्वागत मन्तब्यको साथै कान्साई क्षेत्रीय समिति गठन गर्न बिशेष सहयोग गर्नु हुने बिकास अधिकारीलाई धन्यवाद दिनुहुँदै, कान्साई समिति गठनको उद्देश्य प्रस्ट्याउनु भएको कार्यक्रम धादिंग समाज जापानका महासचिव विमल श्रेष्ठले संचालन गर्नु भएको थियो।