You are here
Home > प्रवास > आज आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा छक्का पन्जा ३ प्रदर्शन हुंदै

आज आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा छक्का पन्जा ३ प्रदर्शन हुंदै

 

भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै आज नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने भएको छ ।

जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारि दिएका थिए । हालसम्म १८ नोभेम्बर मा टोकियो, ५ डिसेम्बर ओकिनावा, ८ डिसेम्बर फुकुओका, १३ डिसेम्बर चिबा, १६ डिसेम्बर तोचिगि, २० डिसेम्बर ओशाका गरि प्रदर्शनको स्थानहरु तय भईरहेको र अन्य स्थान क्रमिक रुपमा तय गरीने बताईएको छ ।

दिपकराज गिरी र दिपाश्री निरौलादको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।

यहि नोभेम्बर १८ आइतवार मेगुरो कुमिन सेन्टरमा साँझ ६ बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा ३,००० तय गरिएको छ ।जे आर यामानोते लाईनको मेगुरो स्टेसन बाट हिंडेर ७ मिनेट लाग्ने मेगुरो कुमिन सेन्टरको हलमा प्रदर्शन हुने चलचित्रको टिकट नपाउनुभएको भए हलको काउन्टरमै पनि लिन सकिने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ । सम्पर्कको लागि ०८०-९८०५-२००८ वा ०८० ९०५५-८२८१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Leave a Reply

Top