लागुऔषध सहित गाडी चालक नियन्त्रणमा समाचार November 17, 2018 बारा १ मंसिर । बारा जिल्ला बिश्रामपुर गाउँपालिका, वडा नं. ३, मुसहर्वामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनिया बाराबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शुक्रबार एक जनालाई लागूऔषतसहित नियन्त्रणमा लिएको छ । भारतको रक्सौलबाट नेपाल तर्फ आउदै गरेकोे बि.आर. २२ पि. ५२७९ नं. को स्कार्पियो गाडी चेकजाँच गर्ने क्रममा गाडी चालक भारत बिहार जिल्ला पूर्विचम्पारण मोतिहारी बस्ने २३ बर्षका सद्रे आलमलाई सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले प्रतिबन्धित लागुऔषध डाईजोल्याव १०००, नोफिन १००० र फेनारगन १००० एम्पुल गरी जम्मा ३००० एम्पुल लागुऔषध, सो सवारी साधन र गाडी चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्बाही भई रहेको छ ।