You are here
Home > समाचार > सञ्चारबिहीन सुदूरपश्चिमका ७ जिल्ला

सञ्चारबिहीन सुदूरपश्चिमका ७ जिल्ला

सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारबिहीन भएका छन डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिनुभयो। सुदूरपहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारबिहीन भएको उहाँले बताउनुभएको छ। मंगलबार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सुचारु हुन सकेको छैन्।

imagekhabar

सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । अवरुद्ध सञ्चार सेवा सुचारूका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिनुभयो। अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको उहाँले बताउनुभएको छ।

Leave a Reply

Top