You are here
Home > समाचार > बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै

स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ(ठाउँमा रोकेका थिए ।

onlinekhabar

प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय वासिन्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।दिउँसोसम्म प्रहरीले अवरोध हटाउँछ, र फोहोर सोमबारको सहमति अनुसार बिसर्जन हुन्छ,’ ती अधिकारीले भने,’अब प्रहरी लगाएरै भएपनि फोहोर उठाउँछौं ।’यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए ।

Leave a Reply

Top