भत्तेरचौर सितोरियो कराते डोजोद्वारा ६२ जना कराते खेलाडीलाई नि:शुल्क ‘गी’ वितरण खेलकुद समाचार October 22, 2023 दक्षिणकाली नगरपालिका वडा नं ८ साविक भतेरचउर मा संचालित भतेरचउर सितोरियो कराते डोजो ले बडा दशैको फुलपातिको अवसर पारेर ६२ जना कराते खेलाडीलाई गी वितरण गर्नुका साथै शुभकामना आदान प्रदान गरेको छ । बागमती प्रदेश पर्यटन सँस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री महर्जनले उपस्थित सबैमा शुभकामना सन्देश दिनु भएको थियो । यसै विच दक्षिणकाली नगररलालिका नगर प्रमुख मोहन वस्नेतले खेल क्षेत्रमा दक्षिणकाली नगरपालिका सदैव सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाल करांते महासंघका महा सचिव एवं नेपाल सितोरियो करांते संघका अध्यक्ष दावा गुरुङ्गले अहिलेको युगमा करातेको माध्यमले भविश्य निर्माणको ग्यारेन्टी गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेपालको नाम राख्न सफल भैसकेको बताउनु भयो । उहाँले स्वास्थ्यको लागि पनि कराते निक्कै उपयोगी हुने बताउनु भयो । कार्यक्रममा उपस्थित अतिथीहरुमा स्वागत गर्दै दक्षिणकाली नगरपालिका वडा ८ भित्र शिक्षा, स्वास्थ्य, खेलकुद, विकास निर्माण आदीमा विभिन्न व्यक्तिहरुको सल्लाह लिदै वडा निरन्तर अगाडी बढिरहेको दक्षिणकाली नगरपालिका वडा ८ का अध्यक्ष योस कुमार वाइवाले बताउनु भयो । कार्यक्रममा आफ्नो समयमा लुकि लुकि कराते खेल्नु परेको अनुभव सुनाउँदै अहिले करातेको क्षेत्रमा ठूलो परिवर्तन भएको काठमाण्डौं जिल्ला नेपाल करांते महासंध तथा नेपाल सितोरियो करांते संधका महा सचिव श्री देव लामाले सुनाउनु भयो । कार्यक्रममा दक्षिणकाली नगरपालिका उमप्रमुख बसन्ती डंगोल तामाङ, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको संयोजक उर्गेन लामा (संजय), द.न.पा. वडा ८ राप्रपा संयोजक दिनेश चापागाई लगायतले खेलाडीहरुलाई टिका, दक्षिणा र आशिर्वाद दिनु भएको थियो । कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शैलेश मान मानन्धर, नेपाल करांते महासंघ तथा नेपाल सितोरियो संघका वरिष्ठ उपाध्यक्ष श्मजेन्द्र सिंह, वडा ८ का वडा सदस्य उत्तम आचार्य, पत्रकार दिपक लामिछाने, काठमाण्डौं जिल्ला सितोरियो करांते संघका उपाध्यक्ष, सचिव, सदस्य एव नेपाल सितोरियो करांते संघ दक्षिणकाली नगर समितिका अन्य पदाधिकारीहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गर्नुका साथै चियापान गरि सम्पन्न गरिएको थियो । कार्यक्रमको उपस्थित भई खेलाडीहरुको हौसला बढाईदिनु भएकोमा भत्तेरचौर सितोरियो कराँते डोजेका अध्यक्ष कृष्ण कुमार पौडेलले धन्यवाद दिनु भयो । कार्यक्रम व्यवस्थापन प्रशिक्षक सुदिप आचार्यले गर्नुभएको थियो ।