You are here
Home > समाचार > ८१ जना पत्रकारको सदस्यता रद्ध

८१ जना पत्रकारको सदस्यता रद्ध

नेपाल पत्रकार महासंघले स्थानीय तह निर्वाचनमा भाग लिएर निर्वाचित भएका ८१ जना पत्रकारको सदस्यता रद्ध गरेको छ । निर्वाचनमा भाग लिएर विजयी भएका ८१ पत्रकारलाई महासंघको साधारण सदस्यबाट हटाएको हो । देशभर करिब २ सय पत्रकारले उम्मेदवारी दिएका थिए । तीमध्ये ८१ जना निर्वाचित भएको महासचिव रोशन पुरीले जानाकारी दिनु भएको छ ।

महासंघले स्थानीय तह निर्वाचनसहित यसअघिदेखि संघ र प्रदेशमासमेत जनप्रतिनिधि रहेकाहरूको समेत सदस्यता खारेज गर्ने निर्णय गरेको हो । ‘हाल संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूको महासंघको सदस्यता स्वतः खारेज हुने बैठकले निर्णय गरेको छ,’ महासचिव पुरीले भने ।महासंघले चुनावमा उम्मेदवार बनेका पत्रकारहरू महासंघको कुनै तहको कार्यसमितिमा पदाधिकारी वा सदस्य भए त्यस्तो पदबाट स्वतः पदमुक्त गर्नेसमेत निर्णय गरेको छ ।

यो निर्णयअनुसार महासंघका दुई केन्द्रीय सदस्यसहित प्रदेश र जिल्ला कार्यसमितिमा रहेका ३० जना पत्रकारको राजीनामा स्वीकृत गरेको छत्यस्तै, महासंघको साधारण सदस्यमात्रै रहेका तर उम्मेदवारी दिएर पराजित भएका वा फिर्ता भएकाहरूको हकमा भने विधानको व्यवस्था र आचारसंहिताबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने महासंघले जनाएको छ ।

Leave a Reply

Top