You are here
Home > प्रवास > जापानमा नेपाली दोस्रो पुस्ताको भविष्य, चुनौती र अवसर विषयक भर्चुवल अन्तरक्रिया कार्यक्रम हुने

जापानमा नेपाली दोस्रो पुस्ताको भविष्य, चुनौती र अवसर विषयक भर्चुवल अन्तरक्रिया कार्यक्रम हुने

नेपालबाट जापानमा विभिन्न माध्यमबाट पेशा व्यवसाय रोज़गारीका लागि आएका अविभावकका बालबालिका र उत्तर किशोरावस्थामा रहेका छोरछोरीलाई नियमित शिक्षासँग जोडी राख्न र उच्च शिक्षाप्रति अविभावकलाई उत्प्रेरित गर्ने उद्देश्यले जापानमा नेपाली दोस्रो पुस्ताको भविष्य, चुनौती र अवसर विषयक अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ ।
एनआरएनए जापानको एनआरएनए मेरो साथी अन्तरगतको चौथो शृंखलाको रूपमा गर्न लागिएको सो कार्यक्रममार्फत जापानमा नेपाली बालबालिकाको अवस्था र भविष्य, जापानमा जन्मिएका बालबालिकालाई जापानमा नै पढाउने वा नेपालमा, जापानमा रहेका बालबालिकालाई नेपाली भाषा र संस्कारप्रतिको झुकाव कसरी गराउने भन्ने विषयमा केन्द्रित रहेर जनवरी २२ तारिक भर्चुवल रूपमा अन्तरक्रिया हुने एनआरएनए जापानका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक दिलिप कंडेलले जानकारी दिए ।
सो अन्तरक्रियामा समाजशास्त्री, शिक्षाविद् र मनोपरामर्शदाता र जापानका बारेमा जानकार व्यक्तित्वहरू धर्मराज अधिकारी, डा. भूपालमान श्रेष्ठ, रन्जु लामिछाने, मेघराज नेपाल र हिरालाल कंडेलले प्यानलिश्टको रूपमा आफ़नो प्रस्तुति र अनुभवहरू राख्ने र लाईभ कमेंटका साथै सहभागीहरूको जिज्ञासालाई पनि सम्बोधन गर्ने गरि कार्यक्रमको तयारी गरिएको सचिव श्याम शितलले बताए ।
उत्तरकिशोरावस्थाका सन्तानहरुलाई जापानमा संगै रहदा बस्दाको क्रममा उच्च र सीप मूलक शिक्षा प्रदान गर्न सकिने माध्यम, उपाय र यहाँको भाषासम्बन्धी जानकारी प्रदान गरि अविभावकलाई आफ़नो छोराछोरीको भविष्य शिक्षामा देख्न उत्प्रेरित गर्न कार्यक्रम सफल हुने कंडेलको भनाइ छ ।
कार्यक्रमले अविभावक र सन्तानका बिचको दुरी कमी गराइ जापानमा उच्च शिक्षा प्रदानमा सहयोग पुर्याउने र पारिवारिक सम्बन्धमा समधुरता ल्याउने विश्वास कंडेलको छ ।

Leave a Reply

Top