You are here
Home > समाचार > दक्षिणकाली नगरपालिका वडा १ मा बन्ने भयो २४ कोठाका सुविधा सम्पन्न विद्यालय

दक्षिणकाली नगरपालिका वडा १ मा बन्ने भयो २४ कोठाका सुविधा सम्पन्न विद्यालय

ईण्डियन एम्बेस्सीको आर्थिक सहयोगमा दक्षिणकाली नगरपालिका वडा १ बोसनमा रहेको श्री चम्पादेवी माध्यामिक विद्यालयको सुविधा सम्पन्न २४ कोठाको भवन निर्माण हुने भएको छ ।
१० करोड १३ लाख लागतमा डेढबर्षमा सम्पन्न गरिसक्नु पर्ने उक्त भवन निर्माणको निर्माण सम्पन्नका लागि सबैजना जुट्नु पर्ने दक्षिणकाली नगरपालिकाको मेयर मोहन बस्नेतले बनाउनु भयो ।
विभिन्न समस्याको बाबजुत  यति ठूलो अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यो योजनालाई समयमानै एकजुट भई सम्पन्न गर्नु हामी सबैको दायित्व रहेको दक्षिणकाली नगरपालिकाको उपमेयर बसन्ती डंगोल तामाङ्गले बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै जिल्ला आयोजना कार्यालय इकाई शिक्षा प्रमुख अर्जुन रायमाझीले दक्षिणकाली नगरपालिकाको विद्यालय भवन निर्माणका लागि यो सबैभन्दा ठूलो रकम पहिलो पटक विनियोजीत भएको बताउनु भयो । भवन निर्माणसँगै नगरपालिका, वडाकार्यालय, विद्यालय व्यवस्थापन, विद्यालय परिवार, स्थानिय राजनैतिक दल, समाजसेवी सबैले यो अवसरलाई सहजताका साथ सम्पन्न गर्न कुनै बाँधा आउँन नदिने वातावरण बनाउन समेत सुझाव दिनुभयो ।
आफ्नो वडामा यति ठूलो सुविधा सम्पन्न विद्यालय भन निर्माण हुनेमा खुशी व्यक्त गर्दै पार्टि, स्वार्थ र समस्यालाई पर राख्दै सबै मिलेर यो गैरभमय अवसरलाई समयमानै सम्पन्न गर्न सबै लाग्नु पर्ने दक्षिणकाली नगरपालिका वडा नं १ को वडा अध्यक्ष जय थापा मगरले बताउनु भयो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवहरी थापाले यति ठूलो गौरवको योजनालाई सबैको सहकार्यमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा पूर्व व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षा प्रेमी, समाजसेवी, सञ्चारकर्मी, महिला समूहका प्रतिनिधी लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Top