You are here
Home > प्रवास > जापान स्थित नेपाली राजदूतावासले संविधान दिवस मनायो

जापान स्थित नेपाली राजदूतावासले संविधान दिवस मनायो

जापान स्थित नेपाली राजादुतावासले नेपालको राष्ट्रिय दिवस ( संविधान दिवस) विविध कार्यक्रम सहित मनाएको छ । सो अवसरमा समाजमा योगदान दिएका व्यक्तित्व , स्थापित व्यापारी , अनुसन्धानकर्ता , नेपालमा विभिन्न क्षेत्रमा योगदान दिएका जापानी नागरिक , नेपालका लागि जापानी पूर्व राजादूतहरुको सहभागी रहेको थियो । टोकियो स्थित ओकुरा होटलमा शुक्रबार भएको सो दिवसमा जापानी विदेश मामिला उपमन्त्री इवाओ होरीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । उहाका साथमा मन्त्री तेरु फुकुइ ( क्षेत्रिय मुद्दा प्रमुख ) , अध्यक्ष नाचुओ यामागुची (कोमीइतो पार्टी तथा सत्तारुढ गठबन्धन जुनिएर पार्टनर ) , प्रोटोकोलका प्रमुख किमिनोरी इवामा र दक्षिण अफ्रिकाको दक्षिणपूर्व र दक्षिण पश्चिम एशियाइ कार्य विभागका प्रमुख शिगेकी ताकिजाकीको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले स्वागत मन्तव्य राख्दै व्यापक सहभागितामा समावेशी, संघीय तथा पूर्ण लोकतान्त्रिक संविधान जारी भएकोले नेपालको इतिहासमा यो दिन अत्यन्तै महत्त्वपुर्ण भएको बताउनुभयको थियो ।
सो अवसरमा राजदूत राणाले ३ वर्षअघि जारी भएको संविधान बमोजिम व्यापक जनसहभागितामा तीनै तहको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भई संघीय तथा प्रादेशिक सरकारहरु गठन भएको पनि बताउनु भयो ।

यस्तै प्रधानमन्त्री के पी शर्मा ओलीको “समृद्ध नेपाल सुखी नेपाली” को सोचलाइ यथार्थमा परिणत गर्न आर्थिक विकास तथा समृद्धि हासिल गर्ने मूल ध्येयका साथ नेपाल सरकार अगाडी बढिरहेको पनि उहाले जनाउनु भयको छ । नेपालको राजनैतिक स्थिरता, विदेशी लगानीमैत्री नीति एवं भौगोलिक अवस्थिति आदि कारणले नेपाल विदेशी लगानीको लागि अत्यन्त उपयुक्त मुलुक रहेको भन्दै उहाँले जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानी गरी फाइदा उठाउन आग्रह गर्नुभयो ।

राजदूत राणाले थप्नु भयो ‘नेपालको प्राकृतिक सुन्दरता ,नेपालले २०२० लाई Visit Nepal Year को रुपमा मनाउने गरेको घोषणा एवम नेपाल र जापानीबीच निकट भविष्यमा सन्चालन हुने सिधा हवाइसेवाको बिषयमा चर्चा गर्दै जापानी पर्यटकहरुलाई नेपालको भ्रमणमा जान आग्रह गर्नु भएको थियो । नेपाल र जापानबीच सिधा हवाइ सेवा सन्चालन लगायत नेपाल र जापानबीच संपर्क तथा सम्बन्ध विस्तार गर्न नेपाल – जापान संसदीय मैत्री लीगका अध्यक्ष तोशिहिरो निकाइलाई पनि राजादूत राणाले धन्यवाद दिनु भएको थियो ।

सो अवसरमा प्रमुख अतिथीको आसनबाट जापानी विदेश मामिला उपमन्त्री इवाओ होरीले नेपालको संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिँदै नेपालले तीनै तहको निर्वाचन स्वच्छ, निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरेकोमा बधाई दिनुभयो । नेपाल र जापान बीच अत्यन्त बलियो आर्थिक, सामाजिक, तथा साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै आउदा दिनहरुमा यो सम्बन्ध अत्यन्त व्यापक र प्रगाढ बनोस भन्ने कामना पनि उहाँले गर्नुभयो ।

साथै समारोहमा जापान सरकारका विभिन्न निकाय र अन्य सार्वजनिक संस्थाहरूका उच्च पदाधिकारी, जापानका लागि विभिन्न देशका राजदूत, जापानी नागरिकका साथै जापानस्थित नेपाली समुदायका सदस्यहरूको ठुलो संख्यामा उपस्थिति रहेको दूतावासले जनाएको छ ।
संविधान दिवसको उपलक्ष्यमा राजादूतावासले कार्यालय र निवासमा असोज २,३ र ४ गतेका दिन दिपावली गर्नुका साथै असोज ४ गतेको Japan Times लगायत जापानका राष्ट्रिय स्तरको पत्रिकामा राष्ट्रिय दिवस विशेषांक प्रकाशन गरेको थियो ।

Leave a Reply

Top