अमेरिकी सहायक विदेशमन्त्री लू आज नेपाल आउँदै समाचार July 28, 2022July 28, 2022 १२ श्रावण,काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बिहीबार फेरि नेपाल आउँदै छन् । एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन विशेष भूमिका खेलेका लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी अस्वीकार गरेको अवस्थामा उनी नेपाल आउन लागेका हुन् ।बिहीबार नेपाल आइपुगेपछि उनले दुई दिन बिताउनेछन्।उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको बताइएका छन्। अन्य राजनीतिक भेटघाटबाट कुनै जानकारी बाहिर आएको छैन् ।उनी यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल आएका थिए । त्यो बेला उनलले विभिन्न दलका शीर्ष नेताहरुसँग पनि भेटघाटगरेका थिए ।