कृष्ण भूषाल अध्यक्षमा प्रवासी नेपाली मञ्च जापान नागोयाको चौथों अधिवेशन सम्पन्न समाचार June 27, 2022June 27, 2022 १३असार काठमान्डौ । नेकपा ९एमाले० निकट प्रवाशी नेपाली मञ्च नागोयाको चौथों अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्ण भूषालको अध्यक्षतामा सर्वसहमत नयाँ समिति चयन गरेको छ। अधिवेशनको खुल्ला सत्र आयोजक समितिका उप( संयोजक नरेश राईको अध्यक्षता एवं सचिव कुमार अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । बन्द सत्र भने नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलचन्द्र खरेलको अध्यक्षता र नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य मिलन घिमिरे सञ्चालनमा सम्पन्न भएको थियो।अधिवेशनले भूषाल संगै उपाध्यक्षमा नरेश राई ,सचिव कुमार अधिकारी ,उप (सचिव सरोज काफ्ले र ईश्वर थापा चयन गरेको छ। कार्य समिति सदस्यहरुमा रविन सापकोटा, मदन खड्का ,नरेश बम ,सरू काफ्ले ,बिशाल खत्री, मदन भन्डारी, सिपी जमर कट्टेल ,राजेन्द्र लम्साल रहेका छन् िसमितिका अन्य सदस्यहरुमा विशाल क्षेत्री ,भैरव अधिकारी, मनोज खनाल ,सरोज कुसर, विजेता राई ,सरोज गुरूड् चयन भएका छन्। आईतवार नायोयामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाली प्रवासी मञ्च पूर्वि एशिया क्षेत्रिय महादेशिय कमिटिका संयोजक डा सरोज कँडेल एवं नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलचन्द्र खरेलले पार्टीको वर्तमान अवस्था र भावि कार्यदिसाका बारे चर्चा गरेका थिए। कार्यक्रममा नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सचिवालय सदस्य मिलन घिमिरे , नेपाली प्रवासी मञ्च जापानका राष्ट्रिय कमिटि सदस्यहरु अर्जून केसी, एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारी ,रेष्टुरेन्ट व्यवशायी तथा कलाकार प्रेम राई, नेपाल पत्रकार महासंघ जापानका पूर्व उपाध्यक्ष बिनोदकुमार सापकोटा ,नेपाल पत्रकार महासंघ जापानका सल्लाहकार कविकिरण न्यौपाने लगाएतले निर्वाचित समितिलाई बधाई तथा शुभ कामना व्यक्त गरेका थिए।