You are here
Home > समाचार > एनआरएन कान्साइको आर्थिक सहयोगमा निःशुल्क दन्त स्वास्थ्य शिविर

एनआरएन कान्साइको आर्थिक सहयोगमा निःशुल्क दन्त स्वास्थ्य शिविर

एनआरएनए जापान,कान्साइ क्षेत्रिय समितीको आर्थिक सहयोग तथा सिटी डेन्टल केयरको प्राविधिक सहयोगमा चितवनको अती बिकट स्थानमा रहेको इच्छा कामना नगरपालिका २ काउले स्थित श्री राष्ट्र्रिय आधारभुत विद्यालयमा अध्यनरत २०५ जना विद्यार्थीहरुलाई १ दिने निःशुल्क दन्त स्वास्थ्य शिविर यही फेब्रुअरी महिनाको मिती ५ तारिक शुक्रवार सम्पन्न भएको छ।
एनआरएन कान्साइका कोषाध्यक्ष विष्णु सापकोटाको पहलमा सम्पूर्ण कार्यसमिति तथा सल्लाहकार समितीले पारित गरि एक दिने निःशुल्क दन्त शिविर सञ्चालन गर्ने निर्णय गरेको एन आर एन कान्साइले जानकारी दिएको छ।

इच्छा कामना नगरपालिका २ काउलेकी वडा सदस्य माया गुरुङ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा लाएन्स क्लब अफ काठमाण्डौ हाईभिजन तथा अध्यक्ष्य अग्नि बिलास अधिकारिले ब्यवस्थापकिय भूमिका निर्वाह गर्नुभएको थियो भने सिटि डेन्टल केयरका संचालक तथा डाक्टर देवेन्द्र कडेलले प्राविधिक टोलीको नेतृत्व गर्नुभएको थियो।उक्त कार्यक्रममा प्रत्येक विद्यार्थीलाई दन्त मञ्जन, ब्रस, साबुन र माक्स सहितको प्याकेट वितरण गरिएको थियो।उक्त कार्यक्रम आयोजना गर्न आर्थिक सहयोग गरेकोमा एनआरएनए जापान,क्षेत्रिय समिती कान्साईलाई विद्यालय व्यवस्थापन समितीको तर्फ बाट बिनोद गुरूङ तथा प्रधानाध्यापक पदम बहादुर प्रजाले धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाको नाममा सम्मान पत्र पढेर सुनाउनु भएको थियो।यस कार्यक्रमबाट विद्यार्थीहरू आफ्ना दन्त समस्याहरू निःशुल्क जाँच गराउन पाएकोमा तथा उचित परामर्श पाएकोमा हर्षित हुदै खुशी व्यक्त गरेका थिए। कुल २०५ विद्यार्थीले दन्त शिविरबाट लाभ लिएका थिए जसमा १२० जना छात्रा र ८५ जना छात्र रहेका थिए। जस मध्य १६७ चेपाङ बालबालीका थिए।

धेरै संख्यामा विभिन्न समस्याहरू रहेको र तिन जनामा अति समस्या रहेकाले उहारूको उपचार तथा परामर्शका लागि पुनः एकपटक चिकित्सक हरूको प्राविधिक टोली सोही बिद्यालयमा गएर उपचार गर्ने देवेन्द्र कंडेलले जानकारी दिनुभयो । यसरी आफू प्रत्यक्ष त्यहा जान नपाएपनि एनआरएनए कान्साईको तर्फदेखि सहयोग गर्दा आफू र आफ्नो कार्यसमितिलाई आत्मसन्तुष्टी मिलेको भन्दै एनआरएनए कान्साईका संयोजक कृष्ण गैरेले खुशी व्यक्त गर्नु भयो।

यस अघी कोरोनाको विकराल परिस्थितीमा एन आर एन कान्साइले जापानमा रहनु हुने नेपालीहरुका लागि यातायात सेवा ,खाद्य सामग्री वितरण,विभिन्न माध्यमबाट जनचेतना कार्यक्रम जस्ता थुप्रै सामाजिक काम सकृयताका साथ गर्दै आएको थियो ।

Leave a Reply

Top