You are here
Home > प्रवास > सविनाको पहिलो म्युजिक भिडियो ‘कस्तो होला…’ ले चर्चा बटुल्दै(भिडियो सहित)

सविनाको पहिलो म्युजिक भिडियो ‘कस्तो होला…’ ले चर्चा बटुल्दै(भिडियो सहित)

काठमाडौं ।सबिना गहतराजको पहिलो म्युजिक भिडियो ‘कस्तो होला…’ ले चर्चा बटुलिरहेको छ । केही दिन अघी दिपश्री क्रियटिभ मिडियाको युट्युब च्यानलमा अपलोड गरिएको उक्त म्युजिक भिडियोले चर्चा पाउन थालेको हो ।

‘कस्तो होला… सञ्चारकर्मी पुरुषोत्तम लामिछानेको रचनामा रहेको नयाँ गजल हो।

प्रिन्स ड्यानियलको निर्देशनमा बनेको भिडियोमा शिशिर भण्डारी, सबिना गहतराज र शयनम अधिकारीको अभिनय छ । गीतमा कोरियोग्राफी शयनम अधिकारीले गरेका छन् भने छाँयांकन र सम्पादन पवन सुस्लिङको छ ।

दिनेश गौतमको स्वरमा रहेको यो गजलमा संगीत पुस्तक प्रसादको छ । संगीत संयोजन एसके बच्चाको रहेको छ । भिडियो दिपश्री क्रियटिभ मिडिया युट्युब च्यानलमा अपलोड गरिएको छ ।

गीतकार लामिछाने अहिले जापानमा छन् । उनले यसअघि चाह एल्बम बजारमा ल्याईसकेका छन् । प्रवासमा रहेर पनि उनी नेपाली गीतसंगीतलाई माया गर्दै लेखनमा व्यस्त छन् ।

Leave a Reply

Top