नाम कविता साहित्य August 28, 2021 -वैद्यनाथ ‘श्रमजीवी’ हिजो आज किन हो कुन्नि ? नाम बदल्या छौ न्वारनको नाम मन नपरेर हो कि साथीसँगी घरपरिवार चिन्नेजान्नेले गिज्याएर हो कि वा विदेशी प्रभावमा स्वदेशी दबावमा परेर हो कि वा नामअनुसारको काम नभएर हो कि वा कामअनुसारको नाम नभएर हो कि वा मनमा लोभ जागेर लक्ष्मीभक्त बन्न दामले गर्दा हो कि… इमान बेचिएको नाम जतिसुकै साइत हेरेर जुराइए तापनि के कामको… अरुको मुखको ‘माम’ खोसी खानेको नाम धर्मराज ‘युधिष्ठिर’ नै भए पनि के कामको… मुखमा राम ! राम ! बगलीमा छुरा बोकी हिँड्नेको नाम ‘दयावीर’ नै भए पनि के कामको … जिउँदै मरेतुल्य भई बाँच्नेको नाम ‘अमरबहादुर’ नै भए पनि के कामको… जोगीहरु भोगी बन्ने अनि भोगीहरु जोगी बन्नेको नाम ‘आशाराम’ के कामको… दूरदृष्टि नभएको आफ्नै खुट्टामा बञ्चरो हिर्काउने सुरदासको नाम ‘नयनबहादुर’ नै भए पनि के कामको… ? प्रगति नगर ३, वीरगञ्ज