You are here
Home > प्रवास > एन आर एन ए जापानको पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने २०१९-२०२१ कार्यसमितिको घोषणा

एन आर एन ए जापानको पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने २०१९-२०२१ कार्यसमितिको घोषणा

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको अधिवेशन र निर्वाचन अनिश्चित भैरहेको सन्दर्भमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा एमआइएस सिस्टमको दरुपयोग गर्दै कम्यटुर सेटिङमार्फ़त मतदाताको अधिकार हनन गरेर धाँधलीपूर्ण रूपमा मत परिणाम घोषणा गरिएको आरोप लगाऊदै आएको निवर्तमान बहुमत कार्यसमितिका पदाधिकारीहरूले निष्पक्ष र धाँधलीरहित पुन निर्वाचन नहुन्जलेसम्मको लागि आफूहरूको कार्यसमितिलाई नै निरन्तरता दिइ संस्थागत कामकारवाही जारी राख्ने घोषणा गरेको छ ।
शुक्रवार निवर्तमान कार्यसमितिका १२ जना पदाधिकारीसहित सदस्यहरूद्वार जारी गरिएको वक्तव्यमा एनआरएनए जापानको निर्वाचनमा प्रविधिको गलत ढंगले दुरुपयोग गर्दै अबैध रूपमा मतदान गराइएको विद्यार्थीहरूलाई समेत गैर कानुनी रूपमा रुपमा मतदान गराइएको, १७०० भोट नक्कली मतदाता बनाएर मत राखिएको लगाएतका गम्भिर त्रुटिहरू निर्वाचन समीक्षा समितिले औल्याएकोले सम्बन्धित निकायबाट त्यसको निष्पक्ष निर्णय नहुने अवधिसम्मको लागि २०१९-२०२१ कार्यकालको समितिले नै संस्थाका संस्थागत कामकारवाही जारी राख्ने उल्लेख गरिएको छ ।

जारी गरिएको वक्तव्यमा एनआरएनए आईसिसि, एशिया प्यासिफ़िक क्षेत्रीय समिति, जापानस्थित नेपाली राजदूतावास, पररास्ट्र मन्त्रालयलाई सो समीक्षा समितिले प्रकाशित गरिएको प्रतिबदेन पशे गरि बिभिन्न पत्र पत्रिकाहरुमा सार्वजनिक समेत भैसकेको यथार्थतालाई ध्यानमा राखदै जुलाई ३० मा सम्पन्न निर्वाचन पूर्णरुपमा धाँधलीपूर्ण अवैधानिक विधान विपरीत र स्वच्छ हुन नसकेको यथार्थतालाई मध्यनजर गरेर एनआरएनए आइसीसीले सर्वपक्षीय सहकार्यमा अर्कों निर्वाचन सम्पन्न नहुने अवधिसम्मको लागि २०१९-२०२१ को कार्यसमिति नै क्रियाशील गराइने उल्लेख गरिएको छ ।
जापानको निर्वाचनका सवालमा विभिन्न निकाय सरोकारवाला पक्षलाई ५० औ उजुरी निवेदनमार्फत आग्रह गर्दै यो अवधिमा एनआरएनए केन्द्रिय कायालर्य काठमाडौंमा कार्यवाहक अध्यक्ष अनिता गरुङ सहितको टिमले अध्यक्ष कुमार पन्तसगँ भटे गरि समस्या समाधानको लागि पटक पटक पहल गरेको सो भेटमामा पन्तले जापानमा भएको निर्वाचनमा आफ्नो मताधिकारबाट बन्चित मतदाताहरुको उचित सम्बोधन हुनेगरि निष्पक्ष निर्वाचनको पक्षमा आफू रहेको बताए हालसम्म पनि व्यवहारिक कार्यान्वयनमा नआइ जापानबासी नेपाली हरूलाई पटक पटक भ्रममा राखेकोले बाध्यात्मक परिस्थितिवश यो कदम चल्न बाध्य हुनुपारेको बताईएको छ ।
नेपाल र जापानको क़ानूनको समेत उलङघन हुने गरि साइबर सम्बन्धी अपराध जुलाई ३० मा सम्पन्न निर्वाचनमा भएकोले त्यसलाई कानुनी दायराम ल्याउन र आगामी दिनमा निष्पक्ष निर्वाचनको प्रत्याभूति दिनको लागि पनि आफूहरूको कदम उपयुक्त भएको निवर्तमान कार्यवाहक अध्यक्ष अनिता गुरुङले बताइन ।
यता निर्वाचनबाट निर्वाचित कार्यसमितिले यस्ता भ्रममा नपर्नका लागि जापानबासी नेपाली समुदायमा आग्रह गरेको छ । निवर्तमान कार्यसमितिले नै निर्वाचन सम्पन्न गराएको यथार्थतालाई नभुलन विधि पद्धति र नियम क़ानूनलाई पालना गर्दै निर्वाचनको परिणामलाई स्वीकारेर जानको लागि पनि भनिएको छ ।

जुलाई ३० मा सम्पन्न एनसिसि जापानको निर्वाचनमा मतदाताको मताधिकार बन्चित गरि प्रविधिको दुरुपयोग गरेर मतदान गरि आफ्नो पक्षमा निर्वाचनको परिणाम पारिएको भन्दै पराजित ३० जना उम्मेदवारहरुले ‘एनआरएन जापानको जुलाई ३० को धांधलीपूर्ण निर्वाचन रद्द गरियोस्’ भनेर शनिवार एनआरएनए संरक्षण परिषदमा उजुरी पठाएका छन ।

एनआरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयन लगायत उठेका विषयमा समाधान ख़ोज्न संरक्षक परिषदलाई अधिकार प्रदान गरेसगै जापानको निर्वाचनमा ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिंग लिंक एउटै इमेलमा प्राप्त गरि २९०४ मत खसालिएको तथ्य पाइएकोले स्वस्थ्य र निष्पक्ष निर्वाचनको भावना विपरित निर्वाचन भएको प्रतिवेदन निर्वाचन समीक्षा समितिले दिएकोले सोही आधारमा सो निर्वाचन रद्द गर्नका लागि पराजित उम्मेदवारहरुले उजुरी गरेका छन ।

निर्वाचनमा असन्तुष्ट पक्ष आज जारी गरिएको वक्तव्य

Leave a Reply

Top