You are here
Home > अन्तर्राष्ट्रिय > चितवनमा तेक्वान्दो डोजाड् कवर्ड हल निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण

चितवनमा तेक्वान्दो डोजाड् कवर्ड हल निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण

चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड न.२ अन्तर्गत तेक्वान्दो डोजाड् कवर्ड हल निर्माणको लागि एन आर एन कान्साइको सकृयातामा कन्साइमा रहेका बिभिन्न संस्था तथा ब्यक्तिहरु सँग आर्थिक संकलन गरी एक लाख चालिस हजर २ सय एन नगद हस्तान्तरण गरिएको छ । एन आर एन कान्साइले अप्रिल २२ तारिकका दिन आयोजना गरेको खेलाडी सँग भेटघाट तथा सम्मान कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम एन आर एन कान्साईका संयोजक प्रेम प्रसाद कंडेल,एन आर एन ए निवर्तमान आई सिसी सदस्य तुलसीराम खरेल,एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत दिनेश एन आर एन कान्साइका उप संयोजक कृष्ण शर्मा गैरे लगिएतले हस्तान्तण गर्नु भएको थियो । कार्यक्रममा खेलाडी हरुलाई सम्मान सहित रात्रीभोजको आयोजना गरिएको थियो ।
खेलाडिहरु कान्साइमा क्षेत्र अन्तर्गत साकाइ सि, साकाइ कु, किताचो ५-७-१,ओहमा ताईइकुखानमा गत अप्रिल २० र २१ मा भएको १७ औ वथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका बिभिन्न स्थानबाट छनोट भएका खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै सभागिता जनाएका थिय।

Leave a Reply

Top