स्टार ग्रुप जापान र सोराई किचनले ओसाकामा सम्पन्न गर्यो सांगीतिक साँझ । मनोरञ्जन समाचार November 14, 2024 स्टार ग्रुप जापान र सोरराई किचनद्वारा संयुक्त रुपमा आयोजना गरिएको सांगीतिक साँझ स्टार ग्रुपका अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा एनआरएनए कान्साईका संयोजक हरि प्रसाद कडेलको प्रमूख आतित्थतामा सम्पन्न भएको थियो। सांगितिक कार्यक्रममा नेपालदेखि आउनुभएका कलाकारहरू तथा जापानलाई कर्मथलो बनाएर बस्नुभएका कलाकारहरूले आफ्नो वेजोड सांगितिक प्रस्तुति मार्फत उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो। सॅागितिक कार्यक्रमलाई सफल बनाउनका लागि कान्साईका विभिन्न स्थानहरूबाट आफ्नो व्यस्त समयका बावजुद उपस्थित हुनुभएकोमा विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरू ,सामाजिक अभियान्ता ज्यूहरू, बुद्धिजीवी ,व्यवसायि तथा विद्यार्थी भाई बहिनिहरू लगायत पत्रकार मित्र हरु सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ । हाम्रो कार्यक्रममा सिजोओका देखी उपस्थित जनाई हामिलाई थप ऊर्जा प्रदान गरीदिनु भएकोमा दिपक के.शी रेशम राज ,वि.के सुमन लगाएत ऊहाको सम्पूर्ण टिमलाई हार्दिक आभार प्रकट गर्दछौ। तपाई हरुको उपस्थिति ले हाम्रो कार्यक्रम भव्य भएको हामीले महसूस गरेका छौ। सोराई किचनका संचालक तथा गल्कोट समाज जापानका महासचिव दिलिप कडेल ज्यूले यस कार्यक्रम आयोजना गर्नुको उदेश्य व्यवसायिक भन्दापनि विदेशको व्यस्त ,दुःख,कष्ट र संघर्षपूर्ण जिवनशैलीबाट मानिसहरूलाई एकछिन भएपनि अलग गराएर नेपाली गित संगितको माध्यमबाट मनोरञ्जन प्रदान गरि थप उर्जाशिल बनाउदै एक आपसको भाईचारा कायम गर्नु हाम्रो मुख्य उद्देश्य थियो जुन केहि हदसम्म भएपनि उदेश्यप्राप्ति यहाँ उपस्थित दर्शकहरूको मुहारले बताएको जानकारी गराउनु भयो। उक्त कार्यक्रममा काजल गुरूङ,गोबिन्द गुरूङ,बालचन्द्र बराल,शंकर सुनार,निकिता गुरूङ,कुलबिर थापा,दुर्गेश कार्की, सलिना नेपाली लगायत विभिन्न कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति सहित उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो।