You are here
Home > समाचार > स्व. गुरु गीर्वाणनाथ अर्यालको जीवनीमा स्मृतिग्रन्थ लेखिने

स्व. गुरु गीर्वाणनाथ अर्यालको जीवनीमा स्मृतिग्रन्थ लेखिने

फर्पिङ्ग ।त्रिभूवन आदर्श पूर्व विद्यार्थी समाजले स्व गुरु गीर्वाणनाथ अर्यालमा समर्पित पुस्तक लेखन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्तिक ३ गते शनिबार शिखरापुर क्याम्पसको बाल्कुनी सभाहलमा आयोजित छलफलमा स्व. गुरु अर्यालको जिवनकालमा दक्षिणकाली नगरपालिका भित्र शिक्षा तथा सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा सहित उहाँको बार्षिक तिथिको अवसरमा स्मृतिग्रन्थ प्रकासन गर्ने तयारी गरिरहेको त्रिभूवन आदर्श पूर्व विद्यार्थी समाजको अध्यक्ष शैलेश मान मानन्धरले जानकारी गराउनु भयो ।

छलफलकै क्रममा स्व. गुरु अर्यालको जिवनीसँग सम्बन्धीत पुस्तकको प्रधान सम्पादक डां. शेखरकुमार श्रेष्ठले शतायु आयु प्राप्त गर्नुहुने स्व गुरु अर्यालको जिवनीसँग सम्बन्धीत स्मृतिग्रन्थ प्रकासन गर्न पाउँनु शौभाग्य प्राप्त हुने बताउनु भयो । पुस्तकमा उहाँले दिनु भएको प्रेरणा, शिक्षा, समाजप्रतिको योगदानको चर्चाले नयाँ पुस्ताको लागि उक्त पुस्तक प्रेरणाको श्रोत बन्नसक्ने उल्लेख गर्नुभयो । व्यस्त समाजमा आफ्नो क्षेत्रमा योगदान गर्नुहुने जो कोही व्यक्तिको लागि हामी सबै एकजुट भएर लाग्नु आजको आवश्यक्ता रहेको बताउनु भयो । पुस्तक भित्र गीर्वाणनाथ शर्मा अर्यालको जीवनी, पारिवारिक पुष्ठभूमि, जन्म र जन्मस्थान, बाल्यकाल र अक्षरारम्भ, शिक्षा दीक्षा, पारिवारीक स्थिति, वंशवृक्ष, यौवन र वयस्कता, दाम्पत्य जीवनको प्रारम्भ र सन्तान, व्यवहारिक जिम्वेवारी र पेसा, प्रेरणा र पेसा, जागिरे जिवनी, शैक्षिक यात्रा, त्रिभुवन आदर्श माविमा शिक्षकका रुपमा गीर्वाणनाथ, धरणीधर कोइरालासँग गीर्वाणनाथ, महिला विद्यालय, दक्षिणकाली नगरपालिका भित्र रहेका विभिन्न विद्यालयमा भएको समन्वय, सामुदायिक वन संरक्षणको क्षेत्रमा रहेको योगदान, स्वास्थ्य क्षेत्रमा गीर्वाणनाथ, शिखरापुर वैदिक समाजमा गीर्वाणनाथ, साहित्यबाट गीर्वाणनाथ, विभिन्न कालखण्डमा उहाँले गर्नुभएको कामको तस्विरहरु, कागजपत्रहरु, सम्मानपत्रहरु आदीलाई समेटी विभिन्न खण्ड विभाजन गरि एउटा पुस्तक तयारी गरिने प्रधानसम्पादक श्रेष्ठले जानकारी गराउनु भयो ।

छलफलमा शिक्षाक्षेत्र, साहित्य क्षेत्र, जनप्रतिनिधीहरु, वैदिक क्षेत्र, समाजसेवीहरु, स्व. गीर्वाणनाथसँग समन्वय गर्नुहुने व्यक्तित्वहरु, सञ्चारकर्मीहरु, वन तथा वातावरण क्षेत्र, पूर्व विद्यार्थी समाज लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थित रहेको थियो । छलफलमा उपस्थित हुनुहुने विभिन्न व्यक्तित्वहरुले स्व. गुरु अर्यालको पुस्तक भित्र थप गर्नुपर्ने विषयमा आ–आफ्नो धारण राख्नु भएको थियो ।

अन्तमा, स्व. गुरुका सुपुत्र शशीशर्मा अर्यालले पुस्तक प्रकाशन गरी व्यक्तिको चर्चामा केन्द्रित हुनुभन्दा पनि वहाँको कर्मले समाजमा ल्याएका उर्जा तथा सत्कर्महरु स्थापित गरी नयाँ पुस्तालाई सकारात्मकता तिर दोहोर्याउन सकिने बताउनु भयो ।
पुस्तक तयारीका लागि मंसिरको अन्तिमसम्म स्वं गीर्वाणनाथसँग सम्बन्धीत लेख रचना उपलब्ध गराउनु हुन प्रकाशक समितिले जानकारी गराएको छ । गुरु गीर्वाणनाथ अर्यालको २०८१ सालमा स्वर्गवास भएको थियो ।

Leave a Reply

Top