
एन आर एन जापान , कान्साई क्षेत्रिय समितिको १९-२१ कार्यकालको वार्षिक साधारण सभा आगामी सेप्ट्म्बर महिनाको १० तारिक बिहिवार ओसाकाको उमेदामा हुने भएको छ । कोरोनाका बिच सामाजिक दुरी कायाम गर्दै वार्षिक साधारण सभा सम्पन्न गरिने संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनुभएको छ ।
वार्षिक साधारण सभामा उपस्थित भई संस्थाको बिषयमा सुझाब तथा जिज्ञासा राखिदिनु हुन सम्पूर्ण कान्साई वासी दाजुभाई तथा दिदिबहिनि हरुलाई एन आर एन जापान,कान्साई क्षेत्रिय समितिले आफ्नो फेस बुक मार्फत अनुरोध गरेको छ l
मिति : २०२०-०९-१० बिहिवार
समय : १५:०० -१९:०० सम्म
स्थान : Osaka City , Kita Ku, Doyamacho 1-5 , Sankyo Umeda Bldg B1