You are here
Home > प्रवास > गल्कोट नौमती बाजा समूहले ओसाकामा नेपाली कला र संस्कृतिबारे जानकारी दीने

गल्कोट नौमती बाजा समूहले ओसाकामा नेपाली कला र संस्कृतिबारे जानकारी दीने

-दीपश्री अनलाइन, ओसाका जापान

नेपाल–जापान मैत्री सम्बन्धको ७०औँ वर्षगाँठ मनाइँदै गरेको अवसरमा ओसाकामा आयोजना हुन लागेको एक विशेष कार्यक्रममा गालकोट नौमती बाजा समूह ले नेपालको परम्परागत कला, संस्कृति तथा नौमती बाजासम्बन्धी जानकारी प्रस्तुत गर्ने भएको छ।

लामो समयदेखि नेपालका विभिन्न सांस्कृतिक, शैक्षिक तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको तथा ओसाकामा निरन्तर नृत्य प्रशिक्षण दिँदै आएको Actors School Academy (ESSE) को सहजीकरणमा आयोजना हुन लागेको यस कार्यक्रमको मुख्य उद्देश्य जापानका शैक्षिक संस्थामा कार्यरत व्यक्तित्वहरूलाई नेपाली सांस्कृतिक पहिचानसँग परिचित गराउनु रहेको आयोजकले जनाएका छन्।

कार्यक्रममा विशेष रूपमा नेपाली नौमती बाजा को ऐतिहासिक पृष्ठभूमि, यसको सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी दिइनेछ। साथै प्रत्यक्ष बाजा प्रस्तुति मार्फत नेपाली कला र संस्कृतिको जीवन्त अनुभव सहभागीहरूलाई गराइनेछ।

कार्यक्रममा दीपा कँडेल ले नेपालको कला, संस्कृति तथा सामाजिक–सांस्कृतिक पक्षबारे विशेष जानकारी प्रस्तुत गर्नुहुनेछ।
यस कार्यक्रममा ओसाकामा रहेका २०० भन्दा बढी विद्यालयका शिक्षकहरूको सहभागिता रहने जानकारी दिइएको छ, जसले कार्यक्रमलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।

यस कार्यक्रममा गालकोट नौमती बाजा समूहका मनबहादुर सलामी, भक्त सापकोटा, ओमकार दर्जी, कमल परियार, रामप्रसाद सापकोटा, होमराज दर्जी, यदुमणि सापकोटा, दीपक परिवार, विजय दर्जी, नवीन दर्जी र नवीन परियार लगायतका कलाकारहरूको सहभागिता रहने गालकोट नौमती बाजा समूहले जानाकारी दिएको छ।

यस कार्यक्रममार्फत नेपाल–जापानबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै जापानी समाजमा नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।उक्त कार्यक्रमा ओसाकाको बाल–सांस्कृतिक केन्द्र (大阪市立こども文化センター)ओसाका सहर, कोनोहाना वडा, निशिकुजो ६–१–२०(大阪市此花区西九条6-1-20)मा फेब्रुअरी ४ तारिकमा आयोजना हुदै छ।

Leave a Reply

Top