You are here
Home > प्रवास > स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा संचालित तिज धमाका भब्य रुपमा सम्पन्न

स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा संचालित तिज धमाका भब्य रुपमा सम्पन्न

स्टार ग्रुप ,गैरे सेवा समाज र एन आर एन कान्साईको समुक्त आयोजनामा सेप्ट्म्बर १० तारिक ओसाकाको आबेनो कुमिन सेन्टेर तेन्नोजीमा भएको तिज धमाका २०१८ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
शिक्षा र खेलकुदमा लगानिको प्रतिबद्धता “भन्ने मूल नारा बोकेको स्टार ग्रूप ,गैरे सेवा समाज र एन आर एन कान्साईको संयुक्त प्रस्तुति तिज धमाका २०१८ गल्कोट समाज कान्साई र ओ.एन.एस ग्रूपको सहयोगमा सम्पन्न भएको हो। पञ्च कन्याहरुको स्वागत नृत्यबाट शुरु भएको संगीतिक कार्यक्रममा जापानमा आफ्नो पहिचान बनाउन सफल कलाकारहरु कुलबिर थापा र दिनेश केसीको प्रस्तुती रहेको थियो ।लोक गायिका अनिता चलाउनेको स्टेज प्रबेश सँगै तातेको संगीतिक माहोललाई गायक भागीरथ चलाउने अझै रौनक थपिदिए । निरन्तर दर्शकको नृत्यले रमाइलो भएको कार्यक्रमलाई भूमिका गिरिको प्रस्तुतिले सुनमा सुगन्ध थपिदियो ।लागातार तीन घण्टा चलेको संगीतिक प्रस्तुतिलाई लोक गाएक तारपती सुबेदीको धमाकेदार प्रस्तुतिले मनोरन्जनात्मक बनएको थियो।

स्टार ग्रुपका प्रमुख दिलिप कंडेको सभापतित्वमा संचलन भएको कार्यक्रममाको प्रमुख अतिथी निबर्तमान आइ सि सि सदस्य तथा एन आर एन जापान सल्लाहकर, तुलसी राम खरेल रहनुभएको थियो।ओसाकामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि सहित ३५० जना भन्दा बढीको सहभागीता हरेको उक्त कार्यक्रमको बिशेष अतिथिमा गैरे सेवा समाज संरक्षक राजु गैरे र सेवा समाज संरक्षक राजु गैरे रहुनु भएको थियो ।अतिथिहरुमा एनआरएन जापान सल्हाकार नरेन्द्र बस्नेत (दिनेश)लगाएत ओसाकामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि उपस्तिथी रहेको थियो ।  कार्यक्रम संयोजन कृष्ण शर्मा गैरेले गर्नुभएको थियो ।कार्यक्रममा कलाकार लगाएत सहयोग संस्थालाई सम्मन गरिएको थियो।  

कान्साइमा रहेका बिभिन्न संस्थाहरु सामुहिक सहकार्य गर्दै अगाडि बद्ढै छन भन्ने सकारात्मक् सन्देश दिन स्टार ग्रुप,गैरे सेवा समाज र एन आर एन कान्साइले संयुक्त रुपमा कार्यक्रम गरिएको आयोजकहरुले जानकारी दिएका छन।कादीपश्री क्रियटिभ मिडिया अफिसियल मिडिया रहेको उक्त कार्यक्रम संचारकर्मी पुरुषोत्तम लामिछानेले संचलन गरेका थिय।

Leave a Reply

Top