You are here
Home > प्रवास > एनआरएनए जापानको अध्यक्षमा नरेन्द्र कुमार बस्नेत ‘दिनेश’ सम्भावना बलियो

एनआरएनए जापानको अध्यक्षमा नरेन्द्र कुमार बस्नेत ‘दिनेश’ सम्भावना बलियो

ओसाका,जापान

एनआरएनए जापानको निर्वाचन नजिकिए सँगै अध्यक्षमा नरेन्द्र कुमार बस्नेत ‘दिनेश’को सम्भावना बलियो हुँदै गएको चर्चा चुलिएको छ।सकारात्मक सोच,स्पस्ट बिचार र सधै सत्यको पक्षमा उभिने भएको कारणले नै मलाई यस पटक जापानमा हुनुहुने नेपालीहरुले अत्याधिक बहुमतले बिजय गराउनु हुनेछ भन्नेमा आफु बिस्वस्त रहेको बस्नेतले जानकारी गराउनु भयो।

बस्नेत भन्नुहुन्छ “आफु संग भएको ज्ञान शिप र क्षमताको सहि सदुपयोग गर्दै समाजिक सेवामा निरन्तर लाग्दै आएको छु।बिदेशमा जात बर्ग क्षेत्र भन्दा नेपाली पहिचान पहिलो हो भन्ने मेरो मान्यता हो र त्यसै अनुरूप निरन्तर सकृय छु।”

नेपालमा अंग्रेजी साहित्यमा एमए(डिग्री)सम्मको अध्ययन सकाएर २००५ अप्रिल ३ मा थप उच्च अध्ययनको लागि जापान प्रवेश गर्नु भएका बस्नेत,अध्ययन सँगै सन् २००६ मा कान्साई क्षेत्रीय समितिको संस्थापन काल देखी नै बिषेश भुमिका निभाउदै निरन्तर एनआरएनए अभियानमा सकृय हुनुहुन्छ।
कार्यकारि पदको रुपमा २०११-२०१३ कान्साई समिति उपसंयोजक २०१३-२०१५ कान्साई संयोजक हुँदै एनआरएनए अभियानमा सकृय हुँदै उहाले २०१५-२०१७ एनआरएनए जापानको क्षेत्रिय समन्वय समिति संयोजक तथा २०१७-२०१९ र २०१९-२०२१ मा क्रमश: एनआरएनए जापानको सल्लाहकारको रुपमा कार्य सम्पादन गर्दै आईरहनु भएको छ ।
समाजको आवश्यकता अनुसार पदमा रहदा वा नरहदा पनि आफुले जानेको बुझेको सकेको सदैब दिन तत्पर रहनुपर्छ भन्ने सोचले सकृय उहा जापानको कान्साई क्षेत्र बाट युवा हरु समेट्दै खेलकुदको प्रारम्भ, नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको बिदेश बजार प्रबर्धनको शुरुवात, जापानिज विज्ञहरु र जापानमा सकृय विभिन्न क्षेत्रमा सकृय नेपाली विज्ञहरुलाइ नेपाली राजदुतावास र केहि विज्ञ हरुको सहयोगमा विभिन्न विधामा डाइलग सिरिजको शुरुवात गरि देश र समाजको सर्वाङगिण विकासको लागि सकृय हुनुहुन्छ ।

Leave a Reply

Top