प्रतिस्पर्धा कविता साहित्य October 31, 2021 -भुवन शिवाकोटी ‘चौघरे‘ साथी ! भेटियौं यही खाल्डोभित्र सँगै उकाली चढ्नु छ सँगै ओराली झर्नु छ परन्तु हरेक सकस र अप्ठ्यारोमा न्यानो मायाको छहारी आफ्नै खुट्टामा उभिएर बढाउनु छ चुनौतीपूर्ण जीवनको अग्रगामी यात्रा हुन पनि अगाडि बढ्ने सवालमा हामी एउटै हौं जीवनका देब्रे वा दाहिने पाइला प्रत्येक पाइला आफ्नै अर्को पाइलाका प्रतियोगी हुन्छन् प्रतिस्पर्धी खोज्न टाढा पुग्नु पर्दैन बुझ्नु जरूरी छ परन्तु अझै बुझ्न जरुरी छ जब विजयी हुन्छौं एउटा पाइला विना अर्को पूर्ण हुन सक्दैन जब पराजित हुन्छौं पुन: प्रतिस्पर्धामा जान अर्को पाइला नै साथ चाहिन्छ । काठमाडौं