कोसीको बहाब बढ्दै, ४६ वटा ढोका खोलियो समाचार August 4, 2022August 4, 2022 १८श्रावण,काठमान्डौं । सप्तकोसी नदीमा पानीको बहाब बढ्दो क्रममा रहेको छ । बुधबार साँझ साढे ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनु भएको छ । उहाँका अनुसार कोसी ब्यारेजका ५६ मध्ये ४६ ढोका खोलिएको छ । कोसी नदी ओभरफ्लो भई उदयपुरको बेलाका नगरपालिका डुम्रीबोटेको बस्तीतर्फ सोझिए पनि ब्यारेजबाट पानीको बहाब कम भएको छैन ।प्रहरी उपरीक्षक काफ्लेका अनुसार पानीको तीव्र बहाबका कारण कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढाको सामुदायिक भवन र विद्यालय भवन कटान गरी बगाएको छ । गोबरगाढामा अहिले २ सय ५० देखि ३ सय जना मानिस रहेको र उनीहरू सुरक्षित स्थानमा रहेको काफ्लेले जानकारी दिनु भएको छ ।