You are here
Home > प्रवास > नेपाली बालबालिकालाई जापानमा विद्यालय स्तरको शिक्षा हासिल गर्न जानकारीमूलक कार्यक्रम गरिदै

नेपाली बालबालिकालाई जापानमा विद्यालय स्तरको शिक्षा हासिल गर्न जानकारीमूलक कार्यक्रम गरिदै

जापानमा रहेका नेपाली बालबालिकाहरुलाई विद्यालय स्तरको शैक्षिक जानकारी दिनका लागि अनलाइन इभेण्ट गरिने भएको छ ।
सप्ला निर सिटिज़न कमिटी इन जापान फर ओभरसिज सपोर्टको आयोजनामा सेप्टेम्बरको २६ तारिक आइतबार विहान १०:०० बजेदेखि दिउँसो १२:०० सम्म जापानमा रहेका नेपाली बालबालिकाहरुको लागि प्राथमिक तथा निम्न माध्यामिक विद्यालय स्तरीय जानकारीमूलक अनलाइन कार्यक्रम गर्न लागिएको सूचनामार्फत जनाईएको छ ।
टोकियो युनिवर्सिटिमा विद्यावारिधि पिएचडीको अनुसन्धान गरिरहनु भएका दिनेश प्रसाद जोशी रतालाले सहजिकरण गर्नु हुने सो कार्यक्रममा नेपाल र जापानको शैक्षिक प्रणाली तथा रीतिरिवाजको बारेमा भिन्नता, जापानको सरकारी विद्यालय र अन्य इनटरनेशनल स्कूलको बारेमा भिन्नता लगायतका विषयमा नेपाली भाषामा नै निशुल्क रूपमा अनलाइन मार्फत जानकारी दिइने सूचनामा उल्लेख गरिएको छ ।
जापानमा रहेर बालबालिकाको शिक्षाको विषयमा अधिकांश अविभावाकहरु चिन्तित रहेको सन्दर्भमा यसखालको कार्यक्रमले सहजता पुर्याउने बिश्वास आयोजक संस्थाले लिदै जानकारी तथा सूचनाहरू थाहा पाउनका लागि ज़ुममार्फत हुने अनलाइन कार्यकममा सहभागी हुन समेत आग्रह गरिएको छ ।
जापानमा विद्यालय तहमा आफ्नो बालबालिकालाई २०२२-२०२३ शैक्षिक शत्रमा भर्ना गराउन सोच राखेका अविभावकका लागि यो कार्यक्रममा फलदायी हुनेपनि बताईएको छ ।
यस संस्थाले जापानमा रहेका नेपालीलाई सहजता हुने अन्य विभिन्न कार्यक्रम अनलाइनमार्फत गर्दै आइरहेको छ ।

Leave a Reply

Top