You are here
Home > प्रवास > दोलखा समाज कान्साइको तिज विशेष कार्यक्रम सम्पन्न, सल्लाहकार श्रेष्ठ सम्मानित

दोलखा समाज कान्साइको तिज विशेष कार्यक्रम सम्पन्न, सल्लाहकार श्रेष्ठ सम्मानित

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभ अवसरमा दोलखा समाज जापान क्षेत्रीय समिति खान्साईको आयोजनामा तिज विशेस शुभकामना आदानप्रदान एवम् दर खाने कार्यक्रम मिति २०८० साल भाद्र ३१ (2023 सेप्टेम्बर 17) का दिन ओसाका सिन्साइबासीमा रहेको स्नो लाइन रेस्टुरेन्टमा सम्पन्न भएको छ ! दोलखा समाज खान्साईका अध्यक्ष अन्जान कुमार बस्नेत को सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासिय नेपाली सङ्घ (खान्साइ)का अध्यक्ष हरि प्रसाद कडेलको प्रमुख आतिथ्यता, दोलखा जिल्ला सहकारी सङ्घका अध्यक्ष हेमन्त कुमार चौलागाईको विशेष आतिथ्यता, बिहुँकोट समाज कान्साई का लक्ष्मण न्यौपाने, दोलखा समाज जापानका केन्द्रीय सल्लाहकार रामचन्द्र गिरि, प्रदिप खड्का, लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा गैर आवासिय नेपाली सङ्घ(NRNA) खान्साईको नवौ अधिबेशनवाट सह-सचिव पदमा निर्वाचित हुनुभएकोमा दोलखा समाज जापान खान्साई क्षेत्रीय कार्यसमिति सल्लाहकार एवम् समाजसेवि निर्मल श्रेष्ठ लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका विशेष अतिथि नेपालबाट सहकारी अध्ययन भ्रमणका क्रममा जापान आउनुभएका जिल्ला सहकारी सङ्घ लि. दोलखाका अध्यक्ष एवम् सहकारि अभियन्ता हेमन्त कुमार चौलागाईलाई खान्साइमा रहेका दोलखालीमाझ स्वागत सम्मान गरिएको थियो ! ४ घण्टासम्म सन्चालित कार्यक्रममा करिब ५० जनाको उपस्थिति रहेको थियो ! खानपिन अनि तिजका गितमा नाचगान सहित सभ्य, भव्य र सुखद रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रम सफलताका साथ सम्पन्न गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष, आर्थिक एवम् भौतिक सहयोग गर्नुहुने, सरसल्लाह प्रदान गर्नुहुने सम्पुर्ण आदरणीय महानुभाव , दोलखा समाज जापान केन्द्र, गैर आवासिय नेपाली सङ्घ NRNA (खान्साइ) लगायत सम्पुर्णमा दोलखा समाज जापान(खान्साई) परिवारको तर्फबाट हार्दिक धन्यवाद गर्दै आगामि दिनहरुमा पनि यस्तै साथको अपेक्षा गरेको दोलखा समाज जापान(खान्साई)का सचिब भिमसेन सुवेदीले जानकारी दिनुभयो।

Leave a Reply

Top