मान्छे साहित्य August 16, 2021 -रजनी खत्री सानो सानो खुसी पाउन यत्रतत्र भौंतारिरहेछ मान्छे दुई दिनको जिन्दगी यो लोभैलोभमा अल्झिरहेछ मान्छे यसो गरे पैसा, उसो गरे पैसा आत्मीयता, नैतिकता, मानवता बेचिरहेछ मान्छे अरुको भावनाको न कदर गर्छ मान्छे न अर्कोको विश्वासको पात्र बन्न सक्यो मान्छे प्रत्येक पाइला पाइलामा स्वार्थी बन्यो मान्छे हरेक क्षण क्षणमा बिकिरह्यो मान्छे पैसा, पैसा, पैसा गर्दै चुकिरह्यो मान्छे ! काठमाडौं
पोइला भगाउने इच्छा कथा साहित्य August 15, 2021 - ध्रुवकुमार सापकोटा म आफूलाई निकै भाग्यशाली ठान्छु । जिन्दगीमा चाहना गरेको जति झन्डै झन्डै सबै नै पुग्या छ । धेरै कुराको अनुभव गरियो । कहिलेकाहीँ म सोच्ने गर्थेँ, 'अर्काकी स्वास्नी भगाउनुको मजा कस्तो होला ? त्यो पनि एक पटक अनुभव गर्न पाए हुन्थ्यो ...।' म धेरै फुर्सदी मानिस, दिनभरि फेसबुक चलाएर
पीडाको गीत साहित्य August 14, 2021 -गोविन्दबहादुर कुँवर तपाईँसँग पीडा छ मसँग पीडा छ उहाँसँग पनि पीडा छ यसरी हामी सबैसँग पीडा छ त्यो भित्र कतै बसेको हुन्छ थपक्क त्यसैले सकभर अनुहारमा देखिन्न जतन गरेर बाधिँएको छ मनको बाँधले त्यो र त हत्पति कतै पोखिन्न पीडा विनाको को छ र खै यो दुनियाँमा ? पीडा छैन भने पनि कतै न कतैबाट एउटा न एउटा आफैंले खोजेर ल्याउँछ मान्छेले किनभने बाँच्नै सक्तैन ऊ पीडा विना भिरालो सतहमा
किनारमा उभिएकी स्त्री साहित्य August 13, 2021 -आरती तिवारी स्त्री कविताभित्र पस्दिन हेर्छे टाढैबाट, चुपचाप आफ्ना लागि लेखिएका कविता, कविता भएको । समयको सडकमा हिँड्दाहिँड्दै कामको भारीले थिचिएकी ऊ आरामको गोरेटोमा मस्त निदाएर सुस्ताउन चाहन्छे तर कर्तव्यको कोर्राले नीलो डँडाल्नु भएर ... उसलाई फेरि धकेलिदिन्छ त्यही निष्ठुरी चीत्कार भरिएको निर्दयी नीरवतामा । मोहजालमा फसाएर गरिन्छ महँगो भाउमा उसको मुस्कानको व्यापार ऊ महसुस हुनै कहाँ दिन्छे र आफू ठगिएको । बहुरुपी
अर्द्धमुदित नयनमा बुद्धासन साहित्य August 12, 2021 -विश्व सिग्देल खुँडा, खुकुरी, बम, बन्दुक चाहिन सक्छन् लुट्न मानिस तर देश लुट्न यी नभए हुन्छ किनकि देश, लुटेराविरुद्ध उभिँदैन प्रतिरोधमा... कविता वाचन गर्ने कवि मुठ्ठी कसेर, दाह्रा किटेर, काम्दै कविता वाचन गर्दै थिए । कवि नजिकै विशेष अतिथिको आशनमा विराजमान थिए देशका गन्यमान्य नेता । उनका अर्द्धमुदित नयन कविका कविताले पूरा खुलेका थिए ।
तिमी तिमी नै भएर बाँच, म मै भएर बाँच्छु साहित्य August 11, 2021August 11, 2021 -ध्रुवकुमार सापकोटा तिमी तिमी नै भएर बाँच म मै भएर बाँच्छु तिमी तिमी नै भएर बाँच म मै भएर बाँच्छु तिमी तिमी हौ म मै हुँ तिम्रो आफ्नै गीत होला आफ्नै प्रीत होला मेरो अलग हुनसक्छ तिमी आफ्नै गीत गाऊ आफ्नै कथा सुनाऊ तिम्रा गीतहरुमा नबाँध तिम्रो कथामा नसमेट मलाई तिमी आफ्नै खुसीमा हाँस आफ्नै डम्फुमा नाच आफ्नै पीडामा रोऊ मेरा आफ्नै खुसी होलान् आफ्नै पीडा होलान् मलाई तिमीमा
मुर्कुट्टा शासक साहित्य August 10, 2021 -कमलराज केसी मुर्कुट्टाको टाउको हुँदैन टाउको नहुनेको दिमाग हुँदैन आँखा हुँदैन कान हुँदैन । रानीमाहुरी घेरिए झैं अन्य माहुरीबाट हरबखत घेरिएको हुन्छ दासहरुबाट मुर्कुट्टा शासक ! दासहरुको जयजयकारमा निमग्न मुर्कुट्टा शासक लेण्डुपे पथको नायक हो । आफूलाई निक्कै शक्तिशाली भन्ठान्छ मुर्कुट्टा शासक आफ्नै भक्तहरुलाई मात्र योग्य देख्छ मुर्कुट्टा शासक मानौं यो देश नै उसको विर्ता हो जसको टाउको हुँदैन टाउको नहुनेको विवेक हुँदैन सहीसलामत दिमाग हुँदैन समदर्शी, दूरदर्शी आँखा हुँदैन न्याय
मुक्तक साहित्य August 10, 2021 -पार्वती भट्ट १ प्रेममा पनि घात हुन्छ, प्रतिघात हुन्छ र पनि मन किन, उसैको आबाद हुन्छ सुनेकी थिएँ मौनतामा पनि त हुन्छ प्रेम जहाँ आँखा आँखाको मिठो संवाद हुन्छ । २ कोही आयो खुब चलायो, धमिलो बनायो प्रेमको शान्त पोखरीमा, खै ! केके खनायो पढाउन त पढायो प्रेमकै पाठशाला खोलेर विडम्बना ! न फकायो प्रेमपूर्वक न मनायो । ३ घरी घरी तिम्रो
स्वीकार छ मलाई साहित्य August 9, 2021 -जावेद आलम खान दिल्ली, भारत तिमीभित्र चुम्बकका पूरै गुण थिए केवल मभित्रको मैन कहिल्यै फलाम बन्न सकेन तान्ने अनेकौं कोसिसमा पग्लिरहेँ आफ्नै आगोमा जलिरहेँ प्रकाशित गरिरहेँ नदीको पानीलाई बाटो देखाइरहेँ माझीलाई बर्सातका रातमा झुप्रोको सानो झ्यालबाट चियाउने बेसुद आँखामा भरिरहेँ आशाको शृङ्गार ! मबाट निस्किएका हरेक कुराको गन्तव्य तिमी नै त थियौ मेरो मुखबाट निस्किएका हरेक शब्दको यात्रा तिमीमै समाप्त हुन्थ्यो मेरो अनुभूति, मेरो विश्वास मेरो कुन्ठा, मेरो पराजय तिमी
खण्ड-खण्ड अस्तित्व साहित्य August 9, 2021 -राजकुमार जैन ‘राजन’ राजस्थान, भारत मरिसकेका कति सम्बन्धलाई बोकिरहेको छु वर्षौँदेखि नातागोतामा फैलिएको विषलाई अमृत बनाउने चाहना लिएर छातीका घाउले सपनामा पनि झस्काउँछन् जब मनको पीडा आँसु बनेर आँखाबाट छल्किन्छ वेदना थकित सास जसरी चल्छ मेरा हरेक अनुभूति, इच्छाको भैरह्यो अग्नि-परीक्षा इष्टमित्रबाट पाएको विषलाई पिउने कोसिस गरेँ सुखको जुन धागो बाँधिएको थियो जीवनमा रेसा रेसा टुक्रिँदै, फुस्किँदै गयो समयसँगै सन्दर्भ पनि बदलियो शून्य बाटो, अँध्यारा दिशा लक्ष्यको मार्ग कठिन हुँदै