ठमेल साँझ कविता साहित्य August 25, 2021 -बाबुराम श्रेष्ठ 'यात्री' ठिङ्ग उभिएर साधुरा गल्लीहरु झुन्ड्याएर साइन बोर्डहरु मूलबाटामा अर्धनग्न फुस्रा केटाकेटीहरु जमाएर चर्तिकला हेरिरहन्छ हरेक पल्ट ठमेल साँझ ! छिप्पिदो साँझसँगै रौनकताले गाँज्छ 'हार्ड रक' क्याफेहरु खचाखच भरिन्छ ककटेलको स्वादमा उकुसमकुस पिइदिन्छ हरेक पल्ट ठमेल साँझ ! खिसिक्क हाँस्छ लाजसरम पचाउँछ विदेशी लवज न्यू एयर, क्रिसमसले सजिन्छ बरोवर सभ्यता एक छेउमा घाउ भएर दुःखिरहन्छ टुलुटुलु हेर्दै वेलकम गरिरहन्छ हरेक पल्ट ठमेल साँझ ! सिन्धुली
गजल साहित्य August 24, 2021 -दुर्गा वनवासी आफ्नै पीडा छुन्छ आफ्नै आँसु रुन्छ । बाँचुन्जेल मान्छे कपटजाल बुन्छ । विवेकहीन कर्म जीवन-मार्ग चुन्छ । स्वार्थी मान्छे सधैं आफैँभित्र हुन्छ । स्वर्ण-पिँजडामा आफू, आफ्ना थुन्छ । नपरे विपत्ति कहाँ अर्ति गुन्छ ? कष्ट, बुढ्यौलीमा प्रभु नाम सुन्छ । झापा हाल: काठमाडौं
थाकलको झ्याङ कथा साहित्य August 23, 2021 -खेमराज पोखरेल ऊसँग अचम्मले भेट भयो काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा ! उस्तै रहेछ यो सन्तु ! चरिचुच्चे नाक, भाटे शरीर, खोपिल्टे आँखा, हाँस्दा बत्तिसै दन्त देखाएर उन्मुक्त हाँस्ने । ‘अरे सन्तु तिमी ? ’ मैले लगभग उसलाई कोट्याएँ । धैर्य गर्न सकिनँ । उसले के सोच्यो कुन्नि, मैले ‘हग’ गर्ने सङ्केत गरेँ ।
ता थै तक थै …! साहित्य हास्यव्यङ्ग्य August 23, 2021 -सुमी लोहनी आजभोलि त नेपाली जन्तालाई सारै हाइसन्चो भ’को छ । साँच्चै, यस्ता महान्, त्यागी, दूरदर्शी नेता भएका देशका बासिन्दालाई हाइसन्चो नभए कसलाई हुन्छ त ? स्वच्छाले होस् कि कोच्चार होस्, राजनीतिको रन्कोले रननन रन्कार नरन्थनाको कसलाई पो होला र नेपालाँ ! गजबको छ बा यो राजनीति
कसरी ? कविता साहित्य August 20, 2021 -अमरजीत कौंके पञ्जाब, भारत कसरी कुन्नि मेरा आँखाबाट तिम्रो चित्रलाई चिन्छन् मान्छेहरु मेरो अनुहार हेरी तिम्रो मुस्कानको अनुभव गर्छन् मेरा पाउ हेरेर तिम्रो घरको बाटो पहिल्याउँछन् मेरा औंलाले मान्छेहरु तिम्रो अनुहारको नक्सा कोर्छन् मेरा शब्दमा तिम्रो नाउँको कविता खोज्दै मेरा ओठहरुमा स्पर्श गर्छन् तिम्रो देहको बास्नालाई देह त मेरो हो मेरो देहमा कुन्नि कसरी तिमी भिजेकी छ्यौ ? हिन्दीबाट अनुवादः भविलाल लामिछाने र खडकराज गिरी दार्जिलिङ
रोमबाट किट्सलाई पच्छाउँदै लन्डनसम्म नियात्रा साहित्य August 19, 2021 -कृष्ण बजगाईं ‘यहाँ एक जना हुनुहुन्छ जसको नाम पानीमा लेखिएको थियो ।’ एक रोमान्टिक कवि आफ्नो समाधिस्थलको शिलामा उपरोक्त कुरा मात्र होइन आफ्नो नाम र जन्म मितिसमेत गोप्य राखियोस् भन्ने इच्छा राख्छन् । उनकै इच्छाअनुसार बनाइएको समाधिस्थल संसारभरका कवि तथा साहित्यकारको तीर्थस्थलको रुपमा ख्याति कमाएको थाहा पाउँदा आश्चर्य चकित हुन्छु ।
भोरको दृश्य कविता साहित्य August 18, 2021 -शिरोमणि महतो झारखण्ड, भारत घाँडो जसरी झुन्डिएको चन्द्रमा आकाशको घाँटीमा निभे निभे जस्ता ताराहरु गरिरहेछन् विलाप परेलाको पातबाट तप्किरहेछ शीत भिजिरहेछ निथ्रुक्कै भोर ! चराको चिरबिरले बाख्राले बोलायो मस्त निदाइरहेको गाईलाई अनि गाईले रंभाएर जगायो किसानलाई सुरु भयो सृष्टिको संलाप ! गोरुको काँधमा हालेर जुवा किसानले खोल्यो कर्मको पहिलो पाठ धर्तीको वदनमा लाग्यो हलोको फाली अनि सृष्टिले बाल्यो अरबौं वाटको बल्ब ! सूर्यले पहिरायो कर्मरत किसानलाई किरणको जयमाला ! हिन्दीबाट अनुवाद: सुमी लोहनी काठमाडौं
मान्छे साहित्य August 16, 2021 -रजनी खत्री सानो सानो खुसी पाउन यत्रतत्र भौंतारिरहेछ मान्छे दुई दिनको जिन्दगी यो लोभैलोभमा अल्झिरहेछ मान्छे यसो गरे पैसा, उसो गरे पैसा आत्मीयता, नैतिकता, मानवता बेचिरहेछ मान्छे अरुको भावनाको न कदर गर्छ मान्छे न अर्कोको विश्वासको पात्र बन्न सक्यो मान्छे प्रत्येक पाइला पाइलामा स्वार्थी बन्यो मान्छे हरेक क्षण क्षणमा बिकिरह्यो मान्छे पैसा, पैसा, पैसा गर्दै चुकिरह्यो मान्छे ! काठमाडौं
पोइला भगाउने इच्छा कथा साहित्य August 15, 2021 - ध्रुवकुमार सापकोटा म आफूलाई निकै भाग्यशाली ठान्छु । जिन्दगीमा चाहना गरेको जति झन्डै झन्डै सबै नै पुग्या छ । धेरै कुराको अनुभव गरियो । कहिलेकाहीँ म सोच्ने गर्थेँ, 'अर्काकी स्वास्नी भगाउनुको मजा कस्तो होला ? त्यो पनि एक पटक अनुभव गर्न पाए हुन्थ्यो ...।' म धेरै फुर्सदी मानिस, दिनभरि फेसबुक चलाएर
पीडाको गीत साहित्य August 14, 2021 -गोविन्दबहादुर कुँवर तपाईँसँग पीडा छ मसँग पीडा छ उहाँसँग पनि पीडा छ यसरी हामी सबैसँग पीडा छ त्यो भित्र कतै बसेको हुन्छ थपक्क त्यसैले सकभर अनुहारमा देखिन्न जतन गरेर बाधिँएको छ मनको बाँधले त्यो र त हत्पति कतै पोखिन्न पीडा विनाको को छ र खै यो दुनियाँमा ? पीडा छैन भने पनि कतै न कतैबाट एउटा न एउटा आफैंले खोजेर ल्याउँछ मान्छेले किनभने बाँच्नै सक्तैन ऊ पीडा विना भिरालो सतहमा