गजल गजल साहित्य September 26, 2021 -राजेन्द्र राना मगर हुन्छ मात्र भन तिमी, त्यतै दिलमा बसिदिउँला । मायाको यो संसारमा, सँगसँगै पसिदिउँला ।। हामी दुई एकै भए, छैन कुनै बाधा अड्चन । उस्तै परे प्रीतको डोरी, सँगै बसी कसिदिउँला ।। भावनाको माया हो यो, लुकेको छैन स्वार्थ कतै । त्याग्नै परे यो जीवन, सँगै हामी दसी दिउँला ।। दुई दिनको घामछायामा, मरिलानु के
म त यस्तो मान्छे कविता साहित्य September 26, 2021 -रजनी खत्री नदीसरी म निरन्तर बगिरहने मान्छे तिमी माया लेऊ या नलेऊ म त तिमीलाई चोखो माया दिइरहने मान्छे म तिम्रो जितको लागि जानी जानी हारिदिने मान्छे तिम्रो खुसीको लागि आफ्नो सुख पर सारिदिने मान्छे मात्र तिम्रो एक मुस्कानको लागि जीवनभर आँसु झारिदिने मान्छे ! काठमाडौं
सिको बालकविता साहित्य September 14, 2021 माया र आशीर्वादका साथ सम्पूर्ण बालबालिकालाई 'बाल दिवसको' हार्दिक शुभकामना ! -सुमी लोहनी पङ्ख फैलाई उड पुतली तिम्रो पछि दौडिन्छु म पनि ! मुस्कुराउँदै फुल फूलहरू तिमीसँगै मुस्कुराउँछु म पनि ! आकाशधर्ती छुँदै लाग इन्द्रेणी तिमी हेरी लक्ष्य चुम्छु म पनि ! बगाउँदै पसिना काम गर माहुरी तिमीजस्तै परिश्रमी बन्छु म पनि ! घामपानी सहँदै बढ बोटबिरुवा तिम्रो सिको गर्दै सेवा
एक थोपा पानीको मूल्य बालकथा साहित्य September 12, 2021 -राजकुमार जैन ‘राजन’ आकोला-३१२२०५ (चित्तौड्गढ) राजस्थान, भारत ‘मङ्गलू ! तिमीले आज फेरि धारा खुलै छोडिदियौ । नुहाइसकेपछि धारा बन्द गरिदिनुपर्छ नि ! कति धेरै पानी त्यतिकै बगेर खेर गयो ।’ मङगलूकी आमा रोमी हरिण भन्दै थिइन् । मङ्गलू हरेक दिन पानी बरबाद गर्थ्यो । बिहान दाँत ब्रस गर्ने वेलामा धारा पूरै खोलेर त्यतिकै
विद्यार्थीको आत्मा कविता साहित्य September 10, 2021 तीज गीत - आनन्द पौड्याल कहाँमा जान्छौ विद्यार्थीका हुल ? बरिलै ज्ञान मन्दिर टाढा भो घरभित्र बसेर तिमी के के गर्दछौ ? बरिलै बत्ती नेट खोल्दछौं बत्ती नेट खोलेसी के के पढ्न पाइन्छ ? बरिलै सिक्ने जति हरेक पढाइको समय के के कुरा चाहिन्छ ? बरिलै जुम आइडी, पासकोड सुसाङ्ख्यमा हेरेर के के कार्य गर्दछौ ? बरिलै सुन्ने,
देश कविता साहित्य September 8, 2021 -पुनीत कुमार लुधियाना (पंजाब) puneetsir161989@gmail.com यता बस, उता बस, जहाँ चाह्यो उहीं बस तर सधैँ आफ्नो मातृभाषालाई सम्मान गर सामाजिक मूल्यमान्यतालाई कदर गर सबै कुरा भुले पनि एउटा कुरा सम्झिराख ‘म’को स्थान दोस्रो हुन्छ ‘देश’को स्थान पहिलो हुन्छ यो ठट्टाको विषय होइन तिमी देशका सन्तान हौ यो तिम्रो उत्तरदायित्व हो तिमी मातृभूमिप्रति गौरव गर तिमी देशको आशा हौ करोडौँ मान्छेको विश्वासमा कहिल्यै धात नगर मलाई
प्रतीक्षा कविता साहित्य September 7, 2021 -मालिनी गौतम खिया लागेको ठुलो ताल्चाभित्र जकडिएकी उसको कोठाको ढोका बन्द छ युगौँदेखि ... ताजा हावासम्म आउँदैन ... न जान्छ सास फेर्नका लागि ऊ बारम्बार बनाउँछे स-साना झ्याल भित्तामा फेरि पनि अत्यासका भुमरी उठिरहन्छन् उसको छातीमा अनि ऊ दौडिदै ती झ्याल खोल्ने कोसिस गरिरहन्छे ... यी ... सबैभन्दा सानो र प्यारो झ्याल पर्दाको पछाडिबाट चिह्याउँछ स्कुलमा सँगै बस्ने निर्दोष केटाको मुहार केटो मुस्कुराउँदै छ तर ऊसँग छैन
गजल गजल समाचार September 6, 2021 -राजेन्द्र राना मगर कहाँ गए ती सर्वहाराका लागि लड्नेहरू ? भए सबै ती आफ्नै स्वार्थका भुडी भर्नेहरू । सिउँदो पुछियो मरे युवा, वृद्ध, बालक सबै बिर्सिए देशको लागि आलो रगत छर्नेहरू । आमाको छाती छिया-छिया पार्न गरे सम्झौता सल्बलाउँदैछन् यो देशको एकता भङ्ग गर्नेहरू । धर्म संस्कृति हरायो छैन सत्य अमन चयन मात्र छन् सबै आफ्नै स्वार्थको लागि
मान्छे हाम्फाल्ने खाल्डो कविता साहित्य September 5, 2021 -रमेश भट्टराई ‘सहृदयी’ गोरखा छोड्ने दूरदर्शी पृथ्वीनारायण खाल्डोमा चातुर्य देख्थे क्यार ! तलैया माटोमा ठडिएका अनन्य सपना मानौँ घना जङ्गलको निष्पट्टता चाहँदैन बस्न तर बाध्यता गाउँको पाखो बारी बँझ्याएर खाल्डोमा ओइरिएका तमाम बिम्बमा सुनौला सपना अनेकौँ तर्कना बेकामे र फुर्सदै नभएकाको जमात धुलो, धुवाँ, अनकन्टार भिरभन्दा भविष्यकै कापमा रुखो बजारमा भक्त, जोगी र मगन्तेको कलङ्क वेश्यालय र बसपार्कमा लुट्ने गाडीका दलाली होटेल, ट्याक्सीवाला, रक्सीवाला मान्छे,
नाम कविता साहित्य August 28, 2021 -वैद्यनाथ 'श्रमजीवी' हिजो आज किन हो कुन्नि ? नाम बदल्या छौ न्वारनको नाम मन नपरेर हो कि साथीसँगी घरपरिवार चिन्नेजान्नेले गिज्याएर हो कि वा विदेशी प्रभावमा स्वदेशी दबावमा परेर हो कि वा नामअनुसारको काम नभएर हो कि वा कामअनुसारको नाम नभएर हो कि वा मनमा लोभ जागेर लक्ष्मीभक्त बन्न दामले गर्दा हो कि... इमान बेचिएको नाम जतिसुकै साइत हेरेर जुराइए तापनि के कामको... अरुको मुखको 'माम' खोसी खानेको नाम धर्मराज 'युधिष्ठिर' नै भए पनि के कामको... मुखमा राम ! राम ! बगलीमा छुरा बोकी हिँड्नेको