म एउटा भोको पेट कविता साहित्य October 3, 2021 -नितिश जयपाल राजस्थान, भारत संघर्षको गाथा व्यक्त गर्ने अनुहार अनन्त गहिराइमा भासिएका आँखा जीवनदानका लागि नियालिरहेका मानौं केही भनिरहेका युगौंदेखि भएको अत्याचारको गाथा कायाको धमिलो छाया कालो अतीतको चोटलाई लुकाइरहेछ तैपनि सिक्रीले बाँधिएका पखेटा फट्फटाउन आतुर छन् उड्न बेचैन छ अधीर छ आकाशको अनन्त उचाइ छुन लेख्न एउटा नयाँ इतिहास गार्गीको पराक्रमलाई दोहोराउन तत्पर कल्पनाको एक अनन्त उडान आँखामा झल्किएको प्रकाश ब्रह्माण्ड जगमग गर्न व्यग्र छ गहिराइमा डुबेका यी
धानो कथा साहित्य October 1, 2021 -विनीत ठाकुर गा.वि.स.भवनमा बिहानैदेखि पञ्चहरू भेला भएका थिए । धानोको विषयमा छलफल चल्दै थियो । धानोलाई के गर्ने ? गाउँ निकाला गर्ने कि नगर्ने ? एउटै स्वरमा सबैजना होमा हो मिलाउँदै भन्दै थिए, “धानो यो गाउँकी सबैभन्दा ठुली बोक्सी हो । धानोलाई गाउँमा राखियो भने यसले अरू महिलाहरूलाई पनि बोक्सीको जादु-टुना
शिष्ट मुखौटाहरु कविता साहित्य September 30, 2021 -दुर्गा वनवासी सानी छँदा हजुरबाले गालामा दलेका खस्रा दाह्रीहरुसँगै खुब निस्सासिन्थें आमा ! हजुरहरुले त्यो स्पर्शमा अगाध वात्सल्य देखिरहँदा मलाई भने खै, कस्तो कस्तो उकुसमुकुस भएर आउँथ्यो बिल्कुलै संवेदनाशून्य कलिला चल्ला झम्टिने हिंस्रक, निर्दयी बाजजस्तो खस्रो, कर्कश स्पर्श बुझ्नै सक्तैनथें आमा ! किशोर वयमा नैतिक शिक्षा पढाउने गुरुका तिखा आँखा र छरिता हातहरुले उसैगरी अत्याउने गर्थे हजुरहरुको उपस्थितिमा शिरमाथि आशीर्वाद दिने ती 'आदर्श' हात ट्युसन कोठामा अचानक 'आक्रामक' बनेर खै, कसरी चिप्लिन्थे र तल तल
के फाइदा ? कथा साहित्य September 27, 2021 - बैद्यनाथ ठाकुर लगातार सातौंपटक नेपाल मेडिकल एसोसिएसनको परीक्षा फेल भएपछि डा. रितिककी आमाले श्रीमान्लाई भनिन्- 'मैले पहिले नै भनेको थिएँ । बाबुको पढाइलेखाइ निकै कम्जोर छ भन्दा मान्नुभएन । एसएलसी परीक्षामा हजुरले आफ्नो पदको दुरुपयोग गरेर उत्कृष्ट श्रेणीमा पास गराउनुभयो । फेरि आईएस्सी भारतबाट पैसाको बलले अठहत्तर प्रतिशत अङ्क ल्याएको
गजल गजल साहित्य September 26, 2021 -राजेन्द्र राना मगर हुन्छ मात्र भन तिमी, त्यतै दिलमा बसिदिउँला । मायाको यो संसारमा, सँगसँगै पसिदिउँला ।। हामी दुई एकै भए, छैन कुनै बाधा अड्चन । उस्तै परे प्रीतको डोरी, सँगै बसी कसिदिउँला ।। भावनाको माया हो यो, लुकेको छैन स्वार्थ कतै । त्याग्नै परे यो जीवन, सँगै हामी दसी दिउँला ।। दुई दिनको घामछायामा, मरिलानु के
म त यस्तो मान्छे कविता साहित्य September 26, 2021 -रजनी खत्री नदीसरी म निरन्तर बगिरहने मान्छे तिमी माया लेऊ या नलेऊ म त तिमीलाई चोखो माया दिइरहने मान्छे म तिम्रो जितको लागि जानी जानी हारिदिने मान्छे तिम्रो खुसीको लागि आफ्नो सुख पर सारिदिने मान्छे मात्र तिम्रो एक मुस्कानको लागि जीवनभर आँसु झारिदिने मान्छे ! काठमाडौं
सिको बालकविता साहित्य September 14, 2021 माया र आशीर्वादका साथ सम्पूर्ण बालबालिकालाई 'बाल दिवसको' हार्दिक शुभकामना ! -सुमी लोहनी पङ्ख फैलाई उड पुतली तिम्रो पछि दौडिन्छु म पनि ! मुस्कुराउँदै फुल फूलहरू तिमीसँगै मुस्कुराउँछु म पनि ! आकाशधर्ती छुँदै लाग इन्द्रेणी तिमी हेरी लक्ष्य चुम्छु म पनि ! बगाउँदै पसिना काम गर माहुरी तिमीजस्तै परिश्रमी बन्छु म पनि ! घामपानी सहँदै बढ बोटबिरुवा तिम्रो सिको गर्दै सेवा
एक थोपा पानीको मूल्य बालकथा साहित्य September 12, 2021 -राजकुमार जैन ‘राजन’ आकोला-३१२२०५ (चित्तौड्गढ) राजस्थान, भारत ‘मङ्गलू ! तिमीले आज फेरि धारा खुलै छोडिदियौ । नुहाइसकेपछि धारा बन्द गरिदिनुपर्छ नि ! कति धेरै पानी त्यतिकै बगेर खेर गयो ।’ मङगलूकी आमा रोमी हरिण भन्दै थिइन् । मङ्गलू हरेक दिन पानी बरबाद गर्थ्यो । बिहान दाँत ब्रस गर्ने वेलामा धारा पूरै खोलेर त्यतिकै
विद्यार्थीको आत्मा कविता साहित्य September 10, 2021 तीज गीत - आनन्द पौड्याल कहाँमा जान्छौ विद्यार्थीका हुल ? बरिलै ज्ञान मन्दिर टाढा भो घरभित्र बसेर तिमी के के गर्दछौ ? बरिलै बत्ती नेट खोल्दछौं बत्ती नेट खोलेसी के के पढ्न पाइन्छ ? बरिलै सिक्ने जति हरेक पढाइको समय के के कुरा चाहिन्छ ? बरिलै जुम आइडी, पासकोड सुसाङ्ख्यमा हेरेर के के कार्य गर्दछौ ? बरिलै सुन्ने,
देश कविता साहित्य September 8, 2021 -पुनीत कुमार लुधियाना (पंजाब) puneetsir161989@gmail.com यता बस, उता बस, जहाँ चाह्यो उहीं बस तर सधैँ आफ्नो मातृभाषालाई सम्मान गर सामाजिक मूल्यमान्यतालाई कदर गर सबै कुरा भुले पनि एउटा कुरा सम्झिराख ‘म’को स्थान दोस्रो हुन्छ ‘देश’को स्थान पहिलो हुन्छ यो ठट्टाको विषय होइन तिमी देशका सन्तान हौ यो तिम्रो उत्तरदायित्व हो तिमी मातृभूमिप्रति गौरव गर तिमी देशको आशा हौ करोडौँ मान्छेको विश्वासमा कहिल्यै धात नगर मलाई