टोक्योमा हुने अन्तर्राष्ट्रीय नेपाली हाइकु सम्मेलनको तयारी पुरा प्रवास साहित्य September 28, 2018September 28, 2018 नेपाल हाइकु केन्द्रले अनेसास जापान च्याप्टरसँग मिलेर आगामी सेप्टेम्बर ३० तारिकमा जापानको टोक्यो शहरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रीय नेपाली हाइकु सम्मेलनको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । १५ वर्षअघि पहिलो पटक नेपालमा भएको उक्त सम्मेलनको दोस्रो संस्करण यही सेप्टेम्बर ३० तारिक यस पटक हाइकुको जन्मस्थलमा गर्ने निर्णय भएको
कान्साइमा पहिलो पटक साहित्यिक भेटघाट प्रवास साहित्य September 28, 2018 जापानको कान्साइमा पहिलो पटक साहित्यिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा अन्तरास्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल (माइला) लगाएत नेपाल बाट आमन्त्रित साहित्यिक श्रस्टाहरुको बिशेष उपस्थिति रहने छ। साहित्यिक भेटघाट कार्यक्रममा सम्पूर्ण साहित्य प्रेमीहरु र साहित्यमा रुचि राख्ने हरुलाई हार्दिक निमन्त्रणा गरेको आयोजकले जानकारी दिएको छ। स्थान:-ओअसिस क्याफे
अनाडि ज्यामि साहित्य September 18, 2018 - विष्णु प्रसाद घिमिरे सानो,साँघुरो कोप्चेरो,उकालो ओरालो,भिरालो खाल्टा-खुल्टि हिलो,चुच्चे ढुंग्गा जुकै जुका सिस्नोघारी कस्तो बाटो यो ? कस्तो गोरेटो ? कस्तो घोरेटो ? कसरि चढ्ने ? कसरि ओर्लने ? चौतारि खोइ ? सुस्ताउने कता ? लड्न लागे समाउने के ? ठेस लागे के हुन्छ ? प्यास मेट्न कुवा खै? फेरी दोवाटो आयो देव्रे जाने कि दाहिने ? जताबाट गएपनि हुने हो ? साइनवोर्ड हाल्न पर्दैन ? कता बाट गए कता पुगिन्छ ? हिड्न
रामकुमार पाडे र प्रकाश पौडेल माइलाको ‘हजार हाइकु’ बिमोचित प्रवास साहित्य July 7, 2018 काठमाडौँ । हाइकुकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ बिमोचित भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको बिमोचन गरे । दर्जनौ हाइजिनहरुको उपस्थिती को भव्य समारोह को बिच कार्यक्रम सम्पन्न भएको थियो । बिमोचित पुस्तक माथी
नाता प्रवास साहित्य May 10, 2018 -विष्णु प्रसाद घिमिरे बर्षौं भयो मैले उन्लाइ देखेको,भेटेको,चिनेको अनि उन्ले मलाइ पनि उनि मुस्कुराँएका विहानिहरु हतास हतासमा दौडिएका दैनिकिहरु देखेको छु मैले र कयौं साँझहरुमा एक्लै एक्लै गुनगुनाएको सुनेको पनि छु ।। उन्का जिवनका हर उताव चढाव सगं परिचित छु म उन्ले देखेका भोगेका सुख दु: ख महसुस गर्न सक्छु म उन्लाइ राम्रो/नराम्रो लाग्ने सवै कुराहरुको जानकार हँु म उन्लाइ
गन्तव्य साहित्य May 9, 2018May 9, 2018 -नेत्र एटम झिस्मिसे हुनुअघि नै कृयाशील भएका छन् काभ्रोको रुखमा आशृत चराहरु जगर पारेर ठाडो सचेत आवाज निकालिरहेछ बकैनाको कापमा बचेरा हुर्काइरहेको कौवा ढोकाको जालीबाट छिरेको छ मन्दमन्द शीतल पवन गाउँ सम्झाउँदै छ कुर्के ढुकुरको लययुक्त स्वर छिमेकीको घरबाट घाँटी तन्काएर बासिसकेको छ रातो समय बुझ्नुभयो नि ! पूर्वको पहाडबाट उदाउने बालसूर्यको सङ्केत गरिरहेछ प्रकृति बिउँझेको छु म पनि सम्पूर्णत: उज्यालोको ऊर्जा समाहित गरेर आफ्नो
लेनिन मलाई तिम्रो फोटो होइन डार्क रुम हेर्न मन छ साहित्य April 22, 2018April 22, 2018 -स्वागत नेपाल लेनिन मलाई तिम्रो फोटो होइन डार्क रुम हेर्न मन छ, जहाँ सानो अँध्यारो कोठाभित्र नेगेटिभ डेभलप हुन्छ हो, फोटो धुलाउने डार्क रुम जहाँ डेभलप हुनु पर्ने तर भएनन् बर्तमान माक्र्सहरु तस्करहरुसँग गोप्य गरिरहेका तस्वीरहरु बर्तमान माओहरुले विदेशी इसारामा नेपाली सुरक्षाकर्मी मार्ने योजना बनाइरहेका फोटाहरु बर्तमान एङ्गेल्सहरुले पृथ्वी जयन्ती मासेर क्रिसमस मनाउन करोडौँ रकम लिइरहेका दृश्यहरु बर्तमान स्टालिनहरुले मन्दिरहरु भत्काएर चर्चहरु बनाउन ठेक्का लिइरहेका अँध्यारो बैठकका चित्रहरु जनतालाई थाहै नदिई संविधानमा खुसुक्क धर्मनिरपेक्षता
जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन प्रवास साहित्य April 4, 2018 जापानको टोक्योमा एक भव्य समारोहको बिच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौँ स्रस्टाहरुको उपस्थिति थियो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै
देश,माटो, भाषा र धर्म भन्दा ठुलो मानवता रहेछ विचार साहित्य February 27, 2018February 27, 2018 -दिप पाठक,टोकियो जापान हामी मानव हौ, हामी बाचेको भुगोल एउटै हो, तर शक्तीको अहंतामा भुगोल र मानवता धेरै पटक निरिह बनेको छ। त्यसको पछील्लो कारूणीक दृष्य हो सिरिया। हेर्न नपरोस र देख्न नपरोस भन्ने मनको चाहाना हुँदा-हुँदैपनी देख्नु पर्छ। सामाजिक मेडिया प्रयोग नगरेर ती दर्दहरू नहेर्न पनी सकिन्थ्यो तर हामीले नहेर्दैमा
आधार साहित्य February 19, 2018 - डा. नेत्र एटम तत्पर छन् अर्जुन बन्न आयुधका पुजारीहरु र त देखिन्छन् आजकल अति प्रफुल्ल जब कि उभिएका छन् उनीहरु उत्खनित आलो चिहानमाथि ! कति गारो छ निरन्तर रोमाञ्चित भैरहनु सैनजस्तो घाउ पालेर युद्धकालीन अपराधबोधको भय र सन्त्रास छ हृदयमा कोटीकोटी निरपराध कर्णहरुको, कतै पधेंरामा भेटिन्छन् निधारको घाउमा हाल्न युवतीसित सिन्दुर मागिरहेका मणिविहीनहरु, कतै देखिन्छन् अभिशप्त अश्वत्थामाझैं नूर गिराएर अतीत नियालिरहेका विक्षिप्तहरु कतै एक्लो अभिमन्युलाई तड्पाई तड्पाई मारेको स्मृतिले अविघातित भएर चुँडिएको पुच्छरर्झें माउसुलीको जमिनमा फडफडाइरहेका ! तिम्रा