बिहीबार मध्यरातसम्मको मतगणना नतिजा अनुसार प्रदेश १ मा पाँच, मधेश प्रदेशमा दुई, वाग्मतीमा चार, गण्डकीमा तीन, लुम्बिनीमा एक, कर्णालीमा दुई पालिका प्रमुखमा निर्वाचित भएका हुन् । सुदुरपश्चिममा ७६ पालिकाको मत परिणाम आउदा नेतृत्वमा महिला एक जना पनि चुनिएका छैनन् ।
प्रदेश १ मोरङको कानेपोखरीमा एमालेकी राजमति इङ्नाम कांग्रेसका सञ्जय भट्टराईलाई हराएर प्रमुख बनेकी छन् ।प्रदेश २ मा दुई मेयर प्रमुखमा महिला २ जना मात्रै निर्वाचित भएका छन् ।यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका प्रमुखमा एमालेकी उम्मेदवार पार्वती सुनुवार ४ हजार ६२ मत ल्याई विजयी भएकी हुन् । निर्वाचन आयोगका अनुसार चितवनको माडी नगरपालिकाको अध्यक्षमा एमाले उम्मेदवार ताराकुमारी काजी महतोले ९ हजार ९ सय १ मत ल्याई विजयी भएकी छिन् ।कर्णालीको सुर्खेत स्थितवीरेन्द्र नगर नगरपालिका अध्यक्षमा एमाले उम्मेदवार मोहनमाया भण्डारी १६ हजार ३८ मत ल्याई विजयी भएकी छिन् ।यस्तै गण्डकीमा पर्वतको मोदी गाउँपालिका प्रमुखमा एमालेकी हिरादेवी शर्माले ६ हजार १९ मत ल्याई विजयी भएकी छिन् । माओवादी केन्द्रका गुप्तबहादुर ठकुरीलाई उनले १ हजार ३ सय ३९ मतान्तरले पराजित गरेकी हुन् । बाग्लुङको वडिगाड गाउापालिका प्रमुखमा कांग्रेसकी गण्डकी थापा अधिकारीले ७ हजार २ सय ७३ मत ल्याई विजयी भएकी हुन् । एमालेका राजनकुमार पाइजालाई १ हजार ५ सय ७३ मतान्तरले हराउदै उनी बिजयी भएकी हुन् ।