स्टार ग्रुप र गैरे सेवा समाजको तीज बिशेष कार्यक्रम सेप्टेम्बर १० तारिकमा हुने प्रवास August 28, 2018 हिन्दु नारीहरुको महान चॉड हरितालिका तिजको विशेष अवसर पारेर स्टार ग्रुप र गैरे सेवा समाजको संयुक्त आयोजनामा तीज बिशेष कार्यक्रम २०१८ को आयोजना गरिने भएको छ। कार्यक्रममा नेपालका चर्चित कलाकारहरु अनिता चलाउने,भागीरथ चलाउने तथा भूमिका गिरिको धमाकेदार प्रस्तुती रहनेछ भने स्थानिय कलाकारहरु कुलबिर थापा र दिनेश केसीको समेत प्रस्तुती रहने छ। कार्यक्रम २०१८ सेप्टेम्बर १० तारिक आबेनो कुमिन सेन्टरमा बेलुका ४:३० बजेबाट शुरु हुने छ ।